बिहिबार, ११ भदौ २०८३
नेपाली

प्रिमियम महसुल नतिरेका ६ उद्योगको विद्युत् लाइन काटियो

Main News Image

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले प्रिमियम महसुल नतिरेका उद्योगको लाइन काट्न सुरु गरेको छ । विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक छँदा ४९ उद्योगीको ८ अर्ब २६ करोड बक्यौता उठाउन खोज्दा हटाइएका कुलमान घिसिङले ऊर्जामन्त्री बनेपछि आफ्नो अभियान कार्यान्वयन गरेका हुन् । विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गरेर महशुल तिर्न आनाकानी गर्दै आएका ६ वटा उद्योगको लाइन प्राधिकरणले मंगलबार बिहानै काटेको छ ।

प्राधिकरणले जगदम्बा स्टिल, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट इन्डष्ट्रिज र त्रिवेणी स्पिनिङ मिल्सको विद्युत् लाइन काटेको छ। जगदम्बाको १ अर्ब ६० करोड,रिलायन्सको ७५ करोड ३७ लाख, शिवम्को ७७ करोड ८८ लाख, घोराहीको ५० करोड ८५ लाख, अर्घाखाँचीको ४४ करोड ८४ लाख र त्रिवेणीको ३२ करोड १० लाख रुपैयाँ छ। यो बक्यौता २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोग बापतको थप महसुल बापतको हो। विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले तिहारको सार्वजनिक बिदामा पनि उद्योगको बक्यौता रकम तिर्न सक्ने गरी काउन्टरको व्यवस्था गरिएको बताए।

 

mediabaaji add

सम्बन्धित खबर

बागलुङमा यस वर्ष २६ करोड ९० लाख बराबरको सुन्तला बिक्री

ढोरपाटन । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण बढेसँगै उत्पादन बढेको हो । गतवर्षको तुलनामा यस वर्ष रु ४४ लाख बढीको सुन्तला उत्पादन भएको छ । यस वर्ष औसा किराको समस्या नहुँदा उत्पादन वृद्धि भ...

भारतीय अवरोधले चिया उद्योग बन्द हुने अवस्थामा !

इलाम । भारतले नेपाली चियामा कडाइ गरेपछि इलामको सूर्योदय क्षेत्रका चिया उद्योग बन्द हुने भएका छन् । त्रिपन्न उद्योग आबद्ध रहेको सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसन नेपालले असार १ गतेदेखि उद्योग बन्द गर्ने घोषणा गरेको छ । संस्थाका अनुसार भार...

बिहिबार यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज नेप्से ७.५० अकंले बढेर २५९७.८० बिन्दुमा कायम भएको छ । आज ३७१ कम्पनीको ९४ लाख ६९ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५६ करोड २९ लाख रुपैयाँको कारोबार भएको हो । बिहिबार १२१ कम्पनीको शेयर मूल्य बढ्दा १५१ कम्पनीको घटेक...

नेपाल लाइफको ‘बिजनेस एक्सिलेन्स कन्फरेन्स’ सम्पन्न, गत वर्ष १३ अर्बभन्दा बढी प्रथम बीमा शुल्क संकलन

काठमाडौँ । नेपालको सर्वाधिक विश्वसनीय जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले दुईदिने ‘बिजनेस एक्सिलेन्स कन्फरेन्स’ सफलतापूर्वक सम्पन्न गरेको छ । काठमाडौंस्थित होटल याक एन्ड यतीमा भदौ १ र २ गते आयोजित उक्त सम्मेलनमा देशभरबाट सेल्स तथा मार्केटिङ...

मल किन्न भारत गएर जेल परेका दुई नेपाली किसान ३८ दिनपछि धरौटीमा रिहा

काठमाडौँ । खेतका लागि रासायनिक मल किन्न भारत गएका बेला पक्राउ परेका सर्लाहीका दुई नेपाली किसान ३८ दिनपछि थुनामुक्त भएका छन् । सर्लाहीको बलरा नगरपालिका–५ का सुरेशप्रसाद सिंह र नागेन्द्रप्रसाद सिंह भारतीय अदालतको आदेशअनुसार शुक्रबार धरौटीमा रिहा भएक...

१७ निर्माण कम्पनी कालोसूचीमा, सार्वजनिक आयोजनामा प्रतिबन्ध

काठमाण्डौँ । सरकारले १७ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले बिहीबार सार्वजनिक सूचना जारी गर्दै ती कम्पनीहरूलाई एक...