बङ्गलादेशमा युनुस युगको अन्त्य, रहमानको शपथ आज
काठमाडौँ । बङ्गलादेशका अन्तरिम नेता मोहम्मद युनुसले निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्नुअघि सोमबार राष्ट्रका नाममा बिदाइ सम्बोधन गर्दै पदबाट राजीनामा दिएका छन्। नोबेल शान्ति पुरस्कार विजेता ८५ वर्षीय युनुसले आफ्नो कार्यकाल समाप्त भएको घोषणा गर्दै अब आउने सरकारले लोकतन्त्र र मौलिक अधिकारको रक्षा गर्ने विश्वास व्यक्त गरे ।
सन् २०२४ अगस्टमा शेख हसिनाको सरकार अपदस्थ भएपछि युनुसले अन्तरिम नेतृत्व सम्हालेका थिए। बिदाइ सम्बोधनका क्रममा उनले भने, आजदेखि अन्तरिम सरकारको कार्यभार अन्त्य भएको छ । हाम्रो देशका युवाहरूले देशलाई दुष्ट शासकको पकडबाट मुक्त गरे र यो ठूलो मुक्तिको दिन थियो।
गत साता भएको निर्वाचनमा बङ्गलादेश नेसनलिस्ट पार्टी बिएनपीले ठूलो विजय हासिल गरेको छ । युनुसले बिएनपी नेता तारिक रहमानलाई बधाई दिँदै अबको सरकारको नेतृत्व उनकै काँधमा पुगेको बताए । निर्वाचन आयोगका अनुसार ३०० सदस्यीय संसद्मा बिएनपी गठबन्धनले २१२ सिट र जमातएइस्लामी नेतृत्वको गठबन्धनले ७७ सिट जितेका छन् ।
एक्सप्रेस
सम्बन्धित खबर
अमेरिकाबाट ‘डिपोर्ट’ ३५ नेपाली स्वदेश आइपुगे
काठमाडौँ । संयुक्त राज्य अमेरिकाले थप ३५ जना नेपालीलाई डिपोर्ट गरेको छ । उनीहरू अमेरिकी चार्टर्ड विमानमार्फत् बुधबार काठमाडौं आइपुगेका छन् । काठमाडौं आइपुगेका ३५ नेपालीलाई अध्यागमन कार्यालयले मानव बेचबिखन अनुसन्धान ब्य...
हर्मज जलमार्गमा रोकिएका जहाज बाहिर निकाल्न ट्रम्पद्वारा ‘प्रोजेक्ट फ्रीडम’ घोषणा
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मज जलमार्गमा रोकिएका व्यापारिक जहाजहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न सोमबार बिहानदेखि विशेष अभियान सुरु गर्ने घोषणा गरेका छन् । ट्रम्पले यस अभियानलाई ‘प्रोजेक्ट फ्रीडम’ नाम दिँदै यसलाई एक ‘मानवीय...
बेरोजगारी संख्या जापानमा बढ्दै
टोकियो । जापानमा अक्टोबर महिनामा बेरोजगारी दर लगातार तेस्रो महिना २.६ प्रतिशतमा स्थिर रहेको छ । बेरोजगारहरूको सङ्ख्या बढिरहेको छ । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका अनुसार, रोजगारप्राप्त व्यक्तिहरूको सङ्ख्या ६८ लाख...
पोल्यान्डमा १ हप्तामै २ नेपालीको मृत्यु
काठमाण्डौँ । पोल्यान्डमा झापाका ४२ वर्षीय गोपालबहादुर लिम्बू शेर्माको निधन भएको १ हप्तामा फेरि अर्का एक नेपालीको मृत्यु भएको छ । कास्कीको मादी ११, उपल्लो साप्ले घर भएका ३३ वर्षीय सुमन गुरुङको हृदयघातका कारण शुक्रबार १६ जनवरीमा मृत्यु भएको हो...
डीएनए संरचना पत्ता लगाउने वैज्ञानिक जेम्सको निधन
काठमाडौँ । डीएनए संरचना पत्ता लगाउने वैज्ञानिकमध्ये एक जेम्स वाटसनको निधन भएको छ। उनी ९७ वर्षका थिए । कोल्ड स्प्रिङ हार्बर प्रयोगशालाले वाटसनको मृत्यु भएको पुष्टि गरेको बीबीसीले जनाएको छ । वाटसनले त्यहाँ धेरै दशकदेखि क...
हर्मुज जलमार्ग खुलेपछि कच्चा तेलको मूल्य घट्यो
काठमाडौँ । इरानले हर्मुज जलमार्ग व्यावसायिक जहाजका लागि खुला गर्ने घोषणा गरेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ । अमेरिका–इजरायल र इरानबीच जारी युद्धविराम अवधिभर इरानले जलमार्ग खुला गरेको जनाएको छ । यस घोषणापछि कच्चा तेलको मूल्य प...



