सोमबार, ०९ कात्तिक २०८३
नेपाली

बङ्गलादेशमा युनुस युगको अन्त्य, रहमानको शपथ आज

Main News Image

काठमाडौँ । बङ्गलादेशका अन्तरिम नेता मोहम्मद युनुसले निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्नुअघि सोमबार राष्ट्रका नाममा बिदाइ सम्बोधन गर्दै पदबाट राजीनामा दिएका छन्। नोबेल शान्ति पुरस्कार विजेता ८५ वर्षीय युनुसले आफ्नो कार्यकाल समाप्त भएको घोषणा गर्दै अब आउने सरकारले लोकतन्त्र र मौलिक अधिकारको रक्षा गर्ने विश्वास व्यक्त गरे ।

सन् २०२४ अगस्टमा शेख हसिनाको सरकार अपदस्थ भएपछि युनुसले अन्तरिम नेतृत्व सम्हालेका थिए। बिदाइ सम्बोधनका क्रममा उनले भने, आजदेखि अन्तरिम सरकारको कार्यभार अन्त्य भएको छ । हाम्रो देशका युवाहरूले देशलाई दुष्ट शासकको पकडबाट मुक्त गरे र यो ठूलो मुक्तिको दिन थियो।

गत साता भएको निर्वाचनमा बङ्गलादेश नेसनलिस्ट पार्टी बिएनपीले ठूलो विजय हासिल गरेको छ । युनुसले बिएनपी नेता तारिक रहमानलाई बधाई दिँदै अबको सरकारको नेतृत्व उनकै काँधमा पुगेको बताए । निर्वाचन आयोगका अनुसार ३०० सदस्यीय संसद्‌मा बिएनपी गठबन्धनले २१२ सिट र जमातएइस्लामी नेतृत्वको गठबन्धनले ७७ सिट जितेका छन् ।

mediabaaji add

सम्बन्धित खबर

जन्मेकै स्थानमा गरिनेछ खामेनकी अन्त्येष्टि

काठमाण्डौा । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको अन्त्येष्टि मसहदमा गरिने भएको छ । तर यसको मिति र समय निश्चित भइसकेको छैन । इरानको सरकारी समाचार एजेन्सी फार्सका अनुसार खामेनीको शव इमाम रेजाको मन्दिर नजिकै गाडिनेछ ।

खामेनीको जन्म पनि...

इरानको पक्षमा उभियो चीन, भन्यो– ‘आर्थिक नाकाबन्दी समाधान होइन’

काठमाडौँ । चीनले इरानमाथि अमेरिकी प्रतिबन्ध र दबाब’ बढाएर मध्यपूर्वको द्वन्द्व समाधान नहुने बताउँदै राजनीतिक तथा कूटनीतिक माध्यमबाट समस्या समाधान गर्नुपर्नेमा जोड दिएको छ । अमेरिकाले इरानी अर्थतन्त्रलाई अलग्याउन चीनलगायत मुलुकलाई आफ्नो अभियानमा सह...

नेपाल-चीनबीचको मालसामान ढुवानी चार महिनादेखि पूर्णरूपमा अवरुद्ध

काठमाडौँ । गत असार २४ गते चीनको ल्हेन्दे खोलामा आएको विनाशकारी बाढीका कारण केरुङ नाकामा रहेको मित्तेरी पुल बगाएपछि नेपाल–चीनबीचको मालसामान ढुवानी चार महिनादेखि पूर्णरूपमा अवरुद्ध भएको छ । बाढीले जनधनसहित ठूलो संख...

विश्व स्वास्थ्य सङ्गठनबाट बाहिरिँदै अर्जेन्टिना

काठमाडौँ । अर्जेन्टिनाले विश्व स्वास्थ्य सङ्गठनबाट औपचारिक रूपमा फिर्ता लिएको छ । परराष्ट्रमन्त्री पाब्लो क्विर्नोले मङ्गलबार सामाजिक सञ्जालमा जानकारी दिएका हुन् । उनका अनुसार यो निर्णय १७ मार्च सन् २०२५ मा संयुक्त राष्ट्र सङ्घको महासचिवलाई पठाइएक...

हर्मुज जलमार्ग खुलेपछि कच्चा तेलको मूल्य घट्यो

काठमाडौँ । इरानले हर्मुज जलमार्ग व्यावसायिक जहाजका लागि खुला गर्ने घोषणा गरेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ । अमेरिका–इजरायल र इरानबीच जारी युद्धविराम अवधिभर इरानले जलमार्ग खुला गरेको जनाएको छ । यस घोषणापछि कच्चा तेलको मूल्य प...

कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प : १३२ जनाको मृत्यु

काठमाडौँ ।  पश्चिमी कोलम्बियाको पेरेरा सहरमा सोमबार बिहान गएको शक्तिशाली भूकम्पका कारण केबलकार एरियल केबलकारमा फसेका १६ जना यात्रुको करिब ६ घण्टापछि सकुशल उद्धार गरिएको छ ।

पेरेरा नगरप्रमुखको कार्यालयद्वारा जारी वक्तव्य अनुसार सोमबार बि...