सोमबार, २२ भदौ २०८३
नेपाली

फ्रान्सलाई ४-६ ले पराजित गर्दै इंग्ल्यान्ड बन्यो तेस्रो

Main News Image

काठमाण्डौँ । फिफा विश्वकप-२०२६ अन्तर्गत तेस्रो स्थानको लागि भएको खेलमा फ्रान्सलाई पराजित गर्दै इंग्ल्यान्ड विजयी भएको छ । अमेरिकाको मियामी स्टेडियममा भर्खरै सकिएको खेलमा इंग्ल्यान्डले ६ र फ्रान्सले ४ गोल गरेका छन् । 

पहिलो हाफमा ४-० ले पछि परेको फ्रान्सले दोस्रो हाफमा ४ गोल गर्यो । उता इंग्ल्यान्डले दोस्रो हाफमा थप २ गोल गरेर जारी विश्वकपमा तेस्रो स्थान प्राप्त गरेको छ। इंग्ल्यान्डको जितमा बुकायो शाकाले ह्याट्रिक पूरा गरेका छन् । खेलको पहिलो हाफमा दुई गोल गरेका शाकाले खेलको ८७औँ मिनेटमा पेनाल्टीमार्फत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् । 


mediabaaji add

सम्बन्धित खबर

नेपाल टी-२० विश्वकपमा छनोट

काठमाडौँ । नेपालले अर्को वर्ष भारत र श्रीलंकामा आयोजना हुने टी–२० आइसिसी विश्वकप, २०२६ का लागि छनोट भएको छ । ओमानमा जारी एसिया एण्ड इएपी छनोटमा शीर्ष तीनमा परेसँगै नेपाल विश्वकपका लागि छनोट भएको हो ।

जारी प्रतियोगिता...

रोहित बने विश्वकै सबैभन्दा बढी छक्का हान्ने खेलाडी

काठमाडौँ । भारतीय क्रिकेटर रोहित शर्मा एक दिवसीय क्रिकेटमा सबैभन्दा बढी छक्का हान्ने खेलाडी बनेका छन् । दक्षिण अफ्रिकाविरुद्ध राँचीमा भइरहेको एक दिवसीय क्रिकेटमा तीन ओटा छक्का प्रहार गरेसँगै रोहित विश्वकै सर्वाधिक छकका...

मेसीले फाइनलमा गोल गर्ने निश्चित छ– एम्बाप्पे

काठमाडौँ । फ्रान्सका कप्तान किलियन एम्बाप्पेले आफ्नो व्यक्तिगत कीर्तिमानभन्दा टोलीको सफलतालाई बढी महत्व दिएको बताएका छन् । सेमिफाइनलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले विश्वकप फाइनलमा लियोनल मेसीले गोल गर्नेमा आफू विश्वस्त रहेको बताए।

एम्बाप्...

कतारद्वारा स्विट्जरल्याण्डलाई रोक्दै विश्वकपमा ऐतिहासिक पहिलो अंक हासिल

काठमाण्डौँ । सान्ता क्लारा अमेरिका फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘बी’ को खेलमा कतारले अन्तिम क्षणमा गोल गर्दै स्विट्जरल्याण्डसँग १–१ को बराबरी खेलेको छ । योसँगै कतारले विश्वकपको इतिहासमा पहिलो पटक अंक हासिल गर्न सफल भएको छ । लेभीज स्टेडियममा सम्...

यी हुन् भारत र श्रीलंकामा आयोजना हुने टी-२० विश्वकप २०२६ खेल्ने २० टिम

काठमाडौँ । सन् २०२६ मा भारत र श्रीलंकामा आयोजना हुने आईसीसी टी-२० विश्वकप क्रिकेट खेल्ने सबै २० टिमको टुङ्गो लागेको छ । ओमानमा भइरहेको आईसीसी टी२० विश्वकप एसिया-इएपी छनोटबाट नेपाल, ओमान र युएईले विश्वकपमा स्थान बनाएपछि सबै २० टोलीको निर्णय भएको हो...

उपाधिका प्रमुख दाबेदार मानिएका दुई ठूला टोली जर्मनी र नेदरल्यान्ड्स एकै दिन विश्वकपबाट बाहिरिए

काठमाडौँ ।  विश्वकप २०२६ को जारी संस्करण युरोपेली फुटबलका लागि निकै पीडादायी बनेको छ । उपाधिका प्रमुख दाबेदार मानिएका दुई ठूला टोली जर्मनी र नेदरल्यान्ड्स एकै दिन विश्वकपबाट बाहिरिएका छन् । यसले विश्व फुटबलमा नयाँ शक्तिको उदय र परम्परागत शक्त...