भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान
ताप्लेजुङ । चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर मेसिन प्राप्त भएको छ । गाउँपालिकाको पूर्वाधार विकास तथा निर्माण कार्यलाई तीव्रता दिने उद्देश्यले माग गरिएको उक्त मेसिन सिन्धुपाल्चोकस्थित तातोपानी नाकामा आयोजित एक कार्यक्रमबिच गाउँपालिकाले प्राप्त गरेको छ ।
तातोपानी नाकामा बुधवार आयोजित हस्तान्तरण कार्यक्रममा मेरिङदेन गाउँपालिकाका उपाध्यक्ष दुर्गाहाङ सिरेङ चोङ्बाङले चीन सरकारका प्रतिनिधिमण्डलसँग सम्झौतापत्रमा हस्ताक्षर गरी अनुदानमा प्राप्त स्काभेटर मेसिन बुझ्नुभएको गाउँपालिका अध्यक्ष युकहाङबीर हाङ्गाम ९डम्बर० ले जानकारी दिनुभयो ।
एक्सप्रेस
सम्बन्धित खबर
मौसम पूर्वानुमान : कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा वर्षाको सम्भावना
काठमाडौं। हाल देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन। आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मूख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र गण्...
आज जनैपूर्णिमा मनाइँदै
काठमाडौँ । देशभर नव यज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर आज जनैपूर्णिमा पर्व मनाइँदैछ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्ने प्रचलन छ । तागाधारीले गुरु पुरोह...



