पेट्रोल र डिजेल कारमा लगाउने भनिएको प्रतिबन्ध फिर्ता लियो ईयूले, स्पेनका प्रधानमन्त्रीको कडा आलोचना
काठमाडौँ । युरोपेली सङ्घ ईयूले सन् २०३५ देखि नयाँ पेट्रोल र डिजेल कारको बिक्रीमा पूर्ण प्रतिबन्ध लगाउने आफ्नो पूर्ववत् निर्णयबाट पछि हटेको छ ।
यस कदमको स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले तीव्र आलोचना गर्दै यसलाई ऐतिहासिक गल्तीको संज्ञा दिएका छन् । म्याड्रिडमा आयोजित एक जलवायु सम्मेलनमा बोल्दै उनले यो निर्णयले युरोपको वातावरणीय छवि र दिगो भविष्यमाथि आँच पुर्याउने बताए ।
सन् २०२३ मा ईयूले जलवायु परिवर्तनको लडाइँमा इन्धन गाडी विस्थापन गर्ने निर्णयलाई ठूलो सफलताका रूपमा लिएको थियो। तर, चीनबाट सस्तो विद्युतीय सवारीको कडा प्रतिस्पर्धा र घरेलु बजारमा ईभी प्रतिको आकर्षण सोचेजस्तो नभएपछि युरोपेली कार उत्पादकहरूले प्रतिबन्ध खुकुलो पार्न ब्रसेल्सलाई दबाब दिएका थिए ।
एक्सप्रेस
सम्बन्धित खबर
ओमानमा इरान र अमेरिकाबीच गोप्य आणविक वार्ता, ट्रम्पका ज्वाइँ सहभागी हुने
काठमाडौँ । इरानले आगामी शुक्रबार ओमानको मस्कटमा अमेरिकासँग अप्रत्यक्ष आणविक वार्ता गर्ने तयारी गरेको छ । इरानी सञ्चारमाध्यम तस्निमका अनुसार यो वार्ता मुख्य गरी आणविक मुद्दा र इरानमाथि लगाइएका प्रतिबन्धहरू फुकुवा गर्ने विषयमा मात्र केन्द्रित रहनेछ...



