नेपालमा अवैध रुपमा बसेका ६७ जना विदेशी नागरिकलाई निष्काशन
काठमाडौँ । सरकारले नेपालमा अवैध रुपमा बसेका ६७ जना विदेशी नागरिकलाई निष्काशन गरेको छ । वर्तमान सरकार गठन भएयताको एक महिने अवधिमा सो संख्याका विदेशीहरूलाई देशबाट निकालिएको गृहमन्त्री ओमप्रकाश अर्यालले बताएका छन् । आफ्नो एक महिने प्रगति विवरण सार्वजनिक गर्दै मन्त्री अर्यालले भनेका छन्, ‘अध्यागमन विभागको सक्रियतामा भिसाको विपरित नेपालमा बसेका र ओभरस्टे बसेका विभिन्न मुलुकका ६७ जना विदेशी नागरिकहरुलाइ निष्काशन गरिएको, र अवैध र कानून विपरित रहेका र बसेकाको खोजी कार्य भईरहेको।’
यस्तै, उनले अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बैकल्पिक डाटा सेन्टरको स्थापना गरिएको पनि बताएका छन् । नेपालीपोर्टमा आगमन र प्रस्थानको कायम गर्ने गरी अध्यागमन जाँचपासलाई नतिजामूलक र प्रभावकारी बनाइएको बताएका छन् । यो अवधिमा सुरक्षा मापदण्डको यथार्थ कार्यान्वयन गरिएको उल्लेख गर्दै मन्त्री अर्यालले पूर्व पदाधिकारीका लागि मापदण्ड विपरीत खटाइएका ४७७ जना नेपाल प्रहरी तर्फ ३६६, सशस्त्र प्रहरी बल नेपालतर्फ १११ जना प्रहरी कर्मचारीहरू फिर्ता बोलाइएको जानकारी पनि दिएका छन् ।
यस्तै, नेपाल नागरिकता नियमावली चौथो संशोधनको प्रारम्भिक मस्यौदा तयार गरिएको, अपराधको अनुसन्धान एवम् विचाराधीन मुद्धाहरूको कारवाहीलाई तीव्रता दिइएको, विभिन्न कसुरमा संलग्न भई अदालतबाट फरार घोषित १६१ जना कसूरदारहरूलाई पक्राउ गरिएको, जेनजी आन्दोलनमा लुटिएको बाहेक ५ नाल भरुवा बन्दुक तथा विभिन्न हतियारको गोली २ राउण्ड सहित २ जना व्यक्तिहरूलाई पक्राउ गरिएको उनले जनाएका छन् ।
एक्सप्रेस
सम्बन्धित खबर
आज विश्वकर्मा पूजा तथा वास्तु दिवस मनाइँदै : यन्त्र, औजार र सवारी साधनको विधिपूर्वक पूजाआराधना
काठमाडौँ । आज आश्विन सङ्क्रान्तिका दिन कालिगढ तथा श्रमिकहरूले भगवान् विश्वकर्माको विधिपूर्वक पूजाआराधना गरी विश्वकर्मा पर्व तथा वास्तु दिवस मनाउँदैछन् । यस अवसरमा देशभरका विभिन्न कलकारखाना, उद्योग र कार्यशालाहरूलाई विशेष रूपमा सजाएर श्रमिकहरूले भव...
शिवरात्रिमा बाग्मती भरिँदै : ४०० लिटर प्रतिसेकेन्ड पानी छाडियो
काठमाडौँ । यस वर्षको महाशिवरात्रि पर्वलाई लक्षित गर्दै बाग्मती नदीमा पानीको बहाव बढाउन धापड्यामबाट पानी छाडिएको छ । भक्तजनलाई स्नानमा सहजता दिलाउने र नदीको सौन्दर्यता अभिवृद्धि गर्ने उद्देश्यले पानी प्रवाह सुरु गरिएको हो ।
अधिकार सम्पन्न बाग...
अब नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क
काठमाडौँ । विश्वभर छरिएर रहेका नेपाली मूलका नागरिक र गैर आवासीय नेपालीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन र प्रस्थान कक्षमा अलग्गै डेस्क राखिने भएको छ । नेपालमा रहेका गैर आवासीय नेपाली एनआरएनए र नेपाली मूलका विदेशी नागरिकहरूको नेपाली...
यी हुन् जेनजी आन्दोलनका सहिद (नामावलीसहित)
काठमाडौँ । सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ जनालाई सहिद घोषणा गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले गत भदौ २३ र २४ गते जेनजीद्वारा गरिएको आन्दोलनमा मृत्युवरण गरेका मध्ये ४५ जनालाई गृह मन्त्...
महाशिवरात्रीको दिन बिहान २ बजे नै पशुपतिनाथ मन्दिरका चारवटै ढोका खुल्ला गरिने
काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले महाशिवरात्री पर्वको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजनागरी कोषका कार्यकारी निर्देशक सुवासचन्द्र जोशीले विभिन्न उपसमितिमार्फत महाशिवरात्री पर्वको तयारी अन्तिम चरणमा...
बकैयामा ट्याक्टर दुर्घटना : दुई मजदुरको मृत्यु, १९ जना घाइते
हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका–७ अन्तर्गत पर्ने फास्टट्र्याकमा मंगलबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा दुई मजदुरको ज्यान गएको छ। दुर्घटनामा १९ जना घाइते भएका छन् । लु ५ त १७४ नम्बरको ट्रयाक्टर अनियन्त्रित भ...



