आइतबार, ०४ असोज २०८३
नेपाली

असोज ३ देखि रात्रि बस सेवा विस्तार, ललितपुरमा पर्यटकलाई निःशुल्क सटल बस चलाइने

Main News Image

काठमाडौँ । साझा यातायातले आफ्नो सेवालाई प्रविधिमैत्री बनाउँदै ‘डिजिटल टिकटिङ तथा कमाण्ड एण्ड कन्ट्रोल सेन्टर’ सञ्चालनमा ल्याएको छ । बिहीबार आयोजित विशेष समारोहमा काठमाडौं महानगरपालिकाकी कार्यवाहक नगरप्रमुख सुनिता डंगोल र ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले संयुक्त रूपमा सेवाको शुभारम्भ गरे । 

कार्यक्रमलाई सम्बोधन गर्दै काठमाडौं महानगरपालिकाकी कार्यवाहक नगरप्रमुख डंगोलले आगामी संविधान दिवस ९असोज ३ गते० देखि उपत्यकामा रात्रि बस सेवा विस्तार गरिने घोषणा गरिन् । गत वैशाख १ गतेदेखि काठमाडौं, ललितपुर, चन्द्रागिरि र बुढानीलकण्ठ गरी चार पालिकाको सहकार्यमा सुरु गरिएको दुईवटा रुटको रात्रि सेवा अब ६ वटा रुटमा सञ्चालन हुने उनले बताइन् । 

‘पहिलो ९० दिनको परीक्षणमा ६७ हजारभन्दा बढी यात्रुले रात्रि सेवा लिनुभएको छ । अब भक्तपुर, सूर्यविनायक र गोदावरी लगायतका पालिकाहरूलाई समेटेर ६ वटा रुटमा रात्रि बस सेवा विस्तार गर्दैछौँ,’ डंगोलले भनिन् । परीक्षणकालमा करिब १० लाख रुपैयाँ घाटा देखिएको उल्लेख गर्दै उनले राजस्व चुहावट लिकेज नियन्त्रण गर्न डिजिटल भुक्तानी प्रणाली कोशेढुङ्गा साबित हुने विश्वास व्यक्त गरिन् ।

mediabaaji add

सम्बन्धित खबर

फागुन २१ अघि महाधिवेशन हुनुपर्छ, म सभापतिमा उम्मेदवारी दिन्छु : गगन थापा

काठमाडौँ ।नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आागामी संसदीय निर्वाचनअघि पार्टीको महाधिवेशन हुनुपर्नेमा जोड दिएका छन् । सोमबार काठमाडौंमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले फागुन २१ गते अघि नै पार्टीको १५ औँ महाधिवेशन हुनुपर्ने ब...

आज प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान

काठमाडौँ । जेन्जी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज मतदान हुँदैछ । मुलुकका ७७ वटै जिल्लामा बिहान ७ देखि अपराह्न ५ बजेसम्म एकै चरणमा मतदान हुनेछ ।

देउवाका छोरा जयवीरलाई सम्पत्ति शुद्धीकरण विभागको पत्र, ७ दिनभित्र उपस्थित हुन निर्देशन

काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर सिंह देउवालाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका सिलसिलामा सात दिनभित्र बयानका लागि उपस्थित हुन निर्देशन दिएको छ ।

विभागले सोमबार काठमाडौंको...

निर्वाचनको वातावरण बनाउन समस्याको समाधान गर्दै जानुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले निर्वाचनको वातावरण बनाउनका लागि समस्याहरुलाई समाधान गर्दै अगाडि बढ्नुपर्ने बताएका छन् । आइतबार विधायन व्यवस्थापन समितिको बैठकमा भएको समितिको वार्षिक प्रतिवेदनमाथ...

प्रचण्डको क्षेत्र गोरखा २ बाट एमालेको उम्मेदवार चक्रे मिलन

काठमाडौँ । नेकपा एमाले गोरखाले क्षेत्र नम्बर २ को प्रतिनिधि सभा उम्मेदवारका रूपमा चक्रे मिलन मिलन गुरूङलाई सिफारिस गरेको छ। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि उनलाई एमालेले गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवार पनि सिफारिस गरेको थियो । २०७९ सालक...

एमालेका ३ चर्चित नेता : केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा नेकपा एमालेको ११औँ महाधिवेशनमा ३ चर्चित नेताहरू पदाधिकारीसँगै केन्द्रीय सदस्यमा पराजित भएका छन् । महासचिवमा प्रतिस्पर्धा गरेका सुरेन्द्र पाण्डे पराजित भए । उनी केन्द्रीय सदस्यमा पनि निर्वाचित हुन सकेनन् ।...