साझा यातायातको रात्रिकालीन सेवा विस्तार,६ वटा रुटमा २८ विद्युतीय बस सञ्चालनमा
काठमाडौँ । काठमाडौं उपत्यकामा अब रात्रिकालीन सार्वजनिक यातायात सेवा थप भएको छ । साझा यातायातले रातिको बस सेवा विस्तार गर्दै शनिबारदेखि ६ वटा रुटमा २८ वटा विद्युतीय बस सञ्चालनमा ल्याएको छ । संविधान दिवसको अवसर पारेर साझा यातायातले हाल सञ्चालनमा रहेको रात्रिकालीन सेवालाई विस्तार गरेको हो। कम्पनीका अनुसार यसअघि दुईवटा रुटमा सीमित रहेको सेवा अब उपत्यकाका थप क्षेत्रमा पुग्ने गरी सञ्चालन गरिनेछ ।
साझा यातायातका प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र अर्यालका अनुसार गत वैशाख १ गतेदेखि काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा सुरु गरिएको थियो। सुरुवाती चरणमा दुईवटा रुटमा सञ्चालन हुँदै आएको सेवामा अब थप चार रुट जोडिन लागेका हुन् ।
एक्सप्रेस
सम्बन्धित खबर
मन्त्री कुलमानले सम्झिए नौ वर्षअघिको दिपावली
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नौ वर्षअघिको तिहार स्मरण गरेका छन् । मंगलबार बिहान सामाजिक सञ्जालमार्फत तिहारको शुभकामना दिँदै उनले २०७३ सालको दिपावली स्मरण गरेका हुन् । त्यतिबेला उनी नेपाल व...
पासपोर्टमा ‘काम गर्न निषेध’ लेख्ने दुई कर्मचारी हटाइए
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका दुई अधिकृतलाई जिम्मेवारीबाट हटाइएको छ । अध्यागमन विभाग का अनुसार उनीहरूले कानुनविपरीत पासपोर्टमा ‘काम गर्न निषेध’ लेख्ने गैरकानुनी अभ्यास गरेका थिए ।
यूएई जान लागेका नेपालीको...
एकैदिन मुस्ताङ भित्रिए सात हजार पर्यटक
मुस्ताङ । धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा एकैदिन छ हजार ८५९ पर्यटक भित्रिएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार तिहारको भाइटीका सकिएको पहिलो दिन राष्ट्रिय गौरवको बेनी–जोमसोम सडकमार्ग हुँदै उक्त सङ्ख्यामा...
गुरुङ समुदायले आज तमु ल्होसार पर्व मनाउँदै
काठमाडौँ । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर आज तमु ल्होसार पर्व मनाउँदैछन् । ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो। तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूप...
सुनकोशी, बुढीगण्डकी लगायतका नदीमा जलसतहले सतर्कता तह पार गर्यो, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । देशका विभिन्न भागमा भइरहेको वर्षासँगै ठूला नदीहरूमा पानीको बहाव बढेर सतर्कता तह पार गरेको छ। जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ६ बजेको मापनमा सुनकोशी, बुढीगण्डकी र महाकाली नदीले सतर्कता तह पार ग...
कामपाले थाल्यो ‘सिल्भर भोलिन्टियर कार्यक्रम’
काठमाडौँ । काठमाडौं महानगरपालिकाले ४५ वर्षमाथिका अनुभवी र परिपक्व नागरिकको ज्ञान, सीप र क्षमतालाई समाज र सहर विकासमा भरपुर उपयोग गर्ने मुख्य उद्देश्यले ‘सिल्भर भोलिन्टियर कार्यक्रम’ सुरु गरेको छ । कामपाले व...



