आइतबार, ०८ कात्तिक २०८३
नेपाली

विद्युत पोल नहट्दा पोखरा-मुग्लिन सडक विस्तार प्रभावित

Main News Image

काठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा लगिएको ११ केभी डेडिकेटेड विद्युत् लाइनका पोल नहट्दा पोखरा-मुग्लिन सडक आयोजनाअन्तर्गत पोखरा खण्डको निर्माण प्रभावित भएको छ । कुँडहरमा रहेको विद्युत् सबस्टेसनबाट विमानस्थलको प्रवेशमार्गसम्मका २९ वटा पोल नहट्दा सडकको सर्भिस लेन र फुटपाथ निर्माण हुन नसकेको हो ।

सडक आयोजनाका प्रमुख इन्जिनियर कृष्णबहादुर कुँवरले विद्युत्का पोल हटाउन पटकपटक विमानस्थल कार्यालय र नेपाल विद्युत् प्राधिकरणलाई पत्राचार गरिए पनि कुनै सुनुवाइ नभएको बताए । विमानस्थलले कुँडहरचोकबाट आफ्नै संरचना बनाएर डेडिकेटेड लाइनमार्फत लगेको विद्युत् उपयोग गर्दै आएको छ ।

mediabaaji add

सम्बन्धित खबर

अमेरिकी डलर, पाउन्ड र दिनारको मूल्य बढ्यो, अस्ट्रेलियन डलर र युरोको घट्यो !

काठमाण्डौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर, पाउन्ड, कुबेती र बहराइन दिनारसहितका विदेशी मुद्राको विनिमयदर बढेको छ। तर, अस्ट्रेलियन डलर, युरोसहित केही मुद्राको मूल्य भने घटेको राष्ट्र बै...

नेपाल बीमा प्राधिकरणको अध्यक्ष चुन्न सरकारलाई सकस

काठमाडौँ । नेपाल बीमा प्राधिकरणको अध्यक्ष चुन्न यतिबेला सरकारलाई नै सकस परेको छ। हाम्रोलाई भन्दा राम्रोलाई सरकारी नेत्तृव तहमा राख्ने बालेन सरकारको निर्णयले साथकर्ता पाउन मुस्किल नै बनेको छ । धितोपत्र बोर्डको अध्यक्ष चयनमा आवेदन पछि लामो समयसम्म छ...