रूद्रकली र खगेन्द्रप्रसादलाई सौराहाबाट बिदाइ !
चितवन । नेपाल सरकारले कतारलाई उपहार दिन लागेका दुई वटा हात्तीको चितवनस्थित सौराहामा सोमबार एक कार्यक्रमका साथ विदाई गरिएको छ । उपहार पठाइएका ती हात्तीहरूको नाम रूद्रकली र खगेन्द्रप्रसाद रहेको छ । हात्तीहरूलाई वैदिक विधिअनुसार पूजा गरेर फूलमाला लगाई फलफूल खुवाएर बिदाइ गरिएको थियो। चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा। गणेश पन्त लगायतले हात्तीलाई माला लगाइदिएका थिए ।
२०८१ वैशाख ११ र १२ गते कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमण क्रममा सरकारले एक जोडी हात्ती कतारलाई उपहार दिने निर्णय गरेको थियो । सोहीअनुसार हात्ती प्रजनन् तथा तालिम केन्द्र खोरसोरमा हुर्किएर तालिम पाएका सात वर्षकी रूद्रकली र ६ वर्षको खगेन्द्रप्रसाद लाई उपहार स्वरुप कतार पठाउन लागिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा। पन्तले जानकारी दिए ।
विदाई गरिएका हात्तीहरूलाई पुस २ गते भैरहवा विमानस्थलबाट पशु सेवा प्राविधिक र दुई जना माउतेहरू सहित चार्टर्ड विमानमार्फत कतार पठाइने तयारी रहेको छ। औपचारिक रुपमा भैरहवा विमानस्थलबाट नै कतार सरकारलाई हात्ती हस्तान्तरण गरिने डा। पन्तले बताए ।
नेपालले पहिलो पटक अन्य देशलाई हात्ती उपहार दिन लागेको हो । कतारले चार्टर विमानमार्फत खोरसहित हात्तीहरूलाई कतार लैजानेछ। रूद्रकलीका माउते बुद्धिलाल श्रेष्ठ र खगेन्द्रप्रसादका माउते पाचुखा थारू पनि कतार जाँदैछन् । उनीहरूले त्यहाँ एक महिना बसेर हात्तीको स्याहार र त्यहाँका कर्मचारीलाई तालिम दिने डा। पन्तले जानकारी दिए ।
एक्सप्रेस
सम्बन्धित खबर
मौसम पूर्वानुमान : यी तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । आज दिउँसो सबै प्रदेशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मूख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी प्रदेश, बागमती प...
उपरजिस्ट्रार पराजुलीको निधन, आजका लागि तय भएका सबै सुनुवाइ स्थगित
ललितपुर । उच्च अदालत पाटनमा कार्यरत उपरजिस्ट्रार डिल्लीप्रसाद पराजुलीको मंगलबार बिहान निधन भएको छ। उहाँको निधनप्रति शोक व्यक्त गर्दै अदालतले आजका लागि तय भएका सबै मुद्दाको सुनुवाइ स्थगित गरेको छ ।
अदालतले सूचना जारी गरी अदालत परिवार शोकमा रह...
जेनजी आन्दोलनका घाइतेलाई भैपरी खर्चवापत् २० हजार सहयोग, ४८ लाख रुपैयाँ निकासा
काठमाडौँ । सरकारले ‘जेनजी’ आन्दोलनका क्रममा घाइते भएका व्यक्तिको भैपरी खर्चबापत् रु ४८ लाख ५८ हजार निकासा गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रारम्भिक प्रतिवेदनका आधारमा भैपरी खर्चबापत् प्रत्येक...
त्रिशूलीमा बसको अवशेष भेटियो, सीमलतालमा हराएको बस हुनसक्ने आशंका
चितवन । तनहुँको आँबुखैरहनी गाउँपालिका ५ द्वोन्द्राङ बेँसीस्थित त्रिशूली किनारमा बसको अवशेष भेटिएको छ । भरतपुर महानगरपालिका २९ स्थित सिमलतालमा गत वर्ष बेपत्ता भएका दुई बसमध्ये एउटा हुनसक्ने आशंका गरिएको छ । बस बेपत्ता भएको ठाउँबाट २०० मिटर नजिक तनह...
आइतबार कस्तो रहला देशभरको मौसम ?
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिम वायुको आंशिक प्रभाव रहेको जनाएको छ । प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बागमती प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी...
अन्तर्राष्ट्रिय मित्रता दिवस
काठमाडौँ । विश्वभर आज जुलाई ३० का दिन ‘अन्तर्राष्ट्रिय मित्रता दिवस’ मनाइँदै गर्दा नेपालका प्रमुख पुस्तकालय तथा अध्ययन केन्द्रहरूमा विशेष दृश्य र बेग्लै उत्साह देखिएको छ । साथीभाइसँग भेटघाट र रमाइलो गर्ने परम्परागत शैलीभन्दा फरक, ज्ञान साटासाट गर्...



