बुधबार, १७ भदौ २०८३
नेपाली

हिमपात हुँदा किसान र पर्यटन व्यवसायी उत्साहित

Main News Image

मुस्ताङ । जलवायु परिवर्तनका कारण लगातार तीन वर्षसम्म राम्ररी हिउँ पर्न नसकेको हिमाली जिल्ला मुस्ताङमा यस वर्ष कात्तिकमै हिउँ परेको छ । आज बिहानदेखि परेको हिउँ निरन्तर परिरहेको छ। अक्सर मङ्सिर महिनाको अन्त्यतिर पर्नुपर्ने हिउँ कात्तिकमा नै परेको हो । मुस्ताङवासीले केही वर्षयता भारी मात्राको हिमपात देख्न पाएका थिएनन्। जसका कारण यहाँको कृषि, पर्यटन र जैविक विविधतामा नकारात्मक असर पुर्‍याएको थियो। यहाँ यस वर्ष समून्द्री सतहको तीन हजार मिटरमाथिको उचाइमा हिमपात भएको हो। मुक्तिनाथ र उपल्लो मुस्ताङको घमीदेखि माथि बस्ती तथा उच्चलेकमा हिमपात भइरहेको छ।

प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर र त्यसआसपासका क्षेत्रमा हिउँ पर्ने क्रम रोकिएको छैन। वारागुङ मुक्तिक्षेत्र–३ छुसाङदेखि तल्लो क्षेत्रका बस्तीमा निरन्तर वर्षा भइरहेको छभने बस्तीदेखि माथिका उच्चलेकमा हिउँ परेको छ। मनाङ हुँदै थोरङलापास पदमार्ग, जोमसोम, ठिनी हुँदै तिलिचो जाने नमुखलेकदेखि मेसोकोन्दो पास पदमार्ग र धौलागिरि आइसफलको धम्पुस पिक पदमार्गलगायत स्थानमा बाक्लो हिउँ पर्दा पदमार्ग अवरुद्ध भएका छन्।

उपल्लो मुस्ताङको कोरला सडकमा पनि हिउँ पर्दा सवारीसाधन जान सकस छ। स्थानीय प्रशासनले यसअघि नै सार्वजनिक सूचना प्रकाशित गरी उच्च स्थानका पर्यटकीय पदमार्गमा यात्रा नगर्नसमेत आग्रह गरिसकेको छ। यहाँको मुक्तिनाथ क्षेत्रमा भारी हिमपात हुँदा मुक्तिनाथ दर्शन गर्ने दर्शनार्थीहरु सकसमा परेका छन्। वर्षासँगै हिमपात हुँदा मुक्तिनाथ दर्शन गर्ने दर्शनार्थीलाई हिउँले सास्ती पुर्‍याएको छ।

mediabaaji add

सम्बन्धित खबर

मिथिलाञ्चलमा माघे संक्रान्तिको तयारी गरिँदै

काठमाडौँ । महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलमा माघे संक्रान्ति पर्वको भव्य तयारी भइरहेको छ । माघे संक्रान्ति पर्व मिथिलाञ्चलमा तिला संक्रान्ति पर्वका नामले पनि प्रसिद्ध छ । यहाँका लोकभाषामा तिला संक्रान्ति भनिन्छ भने कतै कतै तिला संक्रायत पनि भनिन्...

नागरिकता देखाउनुहोस्, नुन लिएर जानुहोस्

बाजुरा । बाजुराको गौमुल गाउँपालिकाले पालिकाभित्रका नागरिकहरूको सहजताका लागि आज बिहीबारदेखि आयोडिनयुक्त भानु नुन वितरण सुरु गरेको छ। स्थानीयलाई दैनिक उपभोग्य वस्तुको अभाव नहोस् भन्ने उद्देश्यले गाउँपालिकाले सबै वडाहरूमा प्रति परिवार २२ केजीका दरले...

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

पर्सा । रौतहटको दुर्गाभगवती गाउँपालिका–४ स्थित गौर–गङ्गापिपरा सडकखण्डको झाझपुल नजिकै आज बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । रौतहट जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारीे विष्णुप्रदीप बस्यालका अनुसार मोटरसाइकल अनियन्त्रित भएर द...

गाईजात्रा पर्व आज मनाइँदै

काठमाडौँ । आज गाईजात्रा पर्व मनाइँदै छ । यो पर्व काठमाडौं उपत्यकामा विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाउने गरिन्छ । परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने गरिन्छ ।

विशेषगरी क...

मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु, चालक र पछाडि बस्ने दुवै पक्राउ

काठमाण्डौँ । डोटीमा मोटरसाइकलको ठक्करले पैदलयात्रीको मृत्यु भएको छ । शिखर नगरपालिका–१० बान्डुङग्रीसैनमा सुपप्र।०१०१३प १२ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँकी ६८ वर्षीया तारादेवी बलायरको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार के...

भोटेकोशीमा फेरि बाढी : तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ । रसुवाको ल्हेन्दे खोला हुँदै भोटेकोशी नदीमा पुनः भीषण बाढी आएको छ । बाढीका कारण हुनसक्ने सम्भावित मानवीय तथा भौतिक क्षतिबाट जोगिन तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

रसुवाका सहायक प्रमुख...