मङ्गलबार, २० असोज २०८३
नेपाली

गहुँको समर्थन मूल्यप्रति किसान असन्तुष्ट, लागतसमेत नउठ्ने गुनासो

Main News Image

काठमाडौँ । सरकारले तोकेको गहुँको समर्थन मूल्यप्रति किसानहरूले असन्तुष्टि जनाएका छन् । सरकारले यस वर्ष गहुँको समर्थन मूल्य प्रति क्विन्टल ३ हजार ९४५ रुपैयाँ तोके पनि सो मूल्यले उत्पादन लागतसमेत नउठ्ने किसानहरूको गुनासो छ ।

पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण उत्पादन लागत बढ्दै गएकाले सरकारले निर्धारण गरेको मूल्य व्यवहारिक नभएको किसानहरूको भनाइ छ । महँगी बढिरहेका बेला समर्थन मूल्यले खर्च धान्न नसक्ने अवस्था आएको उनीहरू बताउँछन् ।

सरकारले समर्थन मूल्य निर्धारण गरे पनि कञ्चनपुरस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले गहुँ खरिद सुरु नगर्दा किसान थप समस्यामा परेका छन्। खरिद प्रक्रिया ढिला हुँदा किसानहरूले उत्पादन बिक्री गर्न कठिनाइ भोगिरहेको जनाइएको छ ।

mediabaaji add

सम्बन्धित खबर

सुनचाँदीकै भाउ बढ्यो, अब प्रतितोला कति ?

काठमाडौँ । आज चैत ३ गते नेपाली बजारमा सुनचाँदीकै भाउ बढेको छ । सुन प्रतितोला ४०० रुपैयाँले बढेको हो भने चाँदी प्रतितोला ७० रुपैयाँले बढेको हो ।

आज छापावाला सुन प्रतितोला ३ लाख ९ हजार ९०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जान...

सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । साताको पहिलो कारोवार दिन नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १२ हजार ५ सय रुपैयाँले घटेर २ लाख ८२ हजार रुपैयाँमा कारोवार भैइरहेको छ । शुक्रबार छापावाला सुन २ लाख ९४ ह...

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा तीन हजार एक सय रुपैयाँले घटेर तोलामा २ लाख ८२ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

बिहीवार सुन तोलामा २ लाख ८५ हजार २ सय र...

विद्युत् महसुल पुनरावलोकन गर्दै प्राधिकरण : महसुल घटाई आन्तरिक खपत बढाउने तयारी

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल संरचनालाई समयानुकूल बनाउने उद्देश्यले पुनरावलोकन प्रक्रिया अघि बढाएको छ । विद्युत्को अधिकतम उपयोग, आन्तरिक खपत विस्तार तथा उपभोक्तामैत्री महसुल प्रणालीको विकास गर्ने लक्ष्यका साथ प्राधिकरण सञ्चा...

चुनावमा कति गरे बालेनले खर्च ?

सुरुङ्गा । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित वालेन्द्र साह बालेनले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत जिल्ला निर्वाचन कार्यालयमा पेस गरिएको विवरणअनुसार बालेनले निर्वाचन अभ...

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ७४ पैसा र बिक्रीदर १५१ रुपैयाँ ३४ पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७१ र...