उद्योगीलाई धरपकड र विद्युत् काट्ने तयारीप्रति महासंघको आपत्ति
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ एफएनसीसीआईले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडद्वारा सञ्चालित औद्योगिक क्षेत्रभित्रका उद्योगहरूको विद्युत् लाइन काट्ने तथा उद्योगी व्यवसायीमाथि प्रशासनिक दबाब सिर्जना गर्ने तयारीप्रति गम्भीर चासो व्यक्त गरेको छ ।
महासंघले बिहीबार विज्ञप्ति जारी गर्दै देशभरका १० वटा औद्योगिक क्षेत्रमा सञ्चालित करिब ७०० उद्योगलाई लक्षित गरी भइरहेका गतिविधिले उद्योग व्यवसायको वातावरण थप प्रभावित हुने जनाएको छ। विशेषगरी औद्योगिक क्षेत्रको जग्गा भाडा वृद्धिसम्बन्धी विवाद अदालतमा विचाराधीन रहेको अवस्थामा उद्योगीमाथि दबाब सिर्जना गर्ने कुनै पनि कदम उपयुक्त नहुने महासंघको धारणा छ ।
महासंघका अनुसार औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जग्गा भाडा निर्धारणसम्बन्धी विषयमा सर्वोच्च अदालत र उच्च अदालतका फैसलामाथि पुनरावलोकनको माग गर्दै विभिन्न मुद्दा दायर गरिसकेको छ। कानुनी प्रक्रिया टुंगोमा नपुगेको अवस्थामा उद्योगीलाई बक्यौता रकम तिर्न सात दिनको समयसीमा तोक्नु र त्यसपछि विद्युत् सेवा विच्छेद गर्ने चेतावनी दिनु कानुनी राज्यको सिद्धान्तविपरीत भएको महासंघले जनाएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
आजका लागि विदेशी मुद्राको विनिमयदर कति छ ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको खरिददर १५४ रुपैयाँ १६ पैसा र बिक्रीदर १५४ रुपैयाँ ७६ पैसा कायम गरिएको छ । त्यसैगरी, युरोपियन युरो एकको खरिददर १७९ रुपैय...
सोपान फर्मास्युटिकल्सको आईपीओ भोलि बाँडफाँड हुने, ३ लाख ४७ हजारले पाउनेछन् शेयर
काठमाडौँ । सोपान फर्मास्युटिकल्स लिमिटेडको आईपीओ भोलि बाँडफाँड हुने भएको छ । कम्पनीको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले आईपीओ बिहिबार बिहान ९ बजे आईपीओ बाँडफाँडको तयारी गरेको हो । आईपीओमा २९ लाख १४ हजार ४४३ जनाले आवेदन दिएका थिए । कम्पनीले सर्वसाध...
नर्थ सिटी मल्टिप्रपोजले आईपीओ निष्काशन गर्ने
काठमाडौँ । नर्थ सिटी मल्टिप्रपोज लिमिटेडले आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्न जेठ ११ गते सोमबार काठमाडौंको टोखा–१० स्थित कम्पनीको कार्यालयमा दिउँसो ३ बजे प्रथम वार्षिक साधारणसभा बोलाएको छ ।
उक्त सभाले पूँजी वृद्धि पश्चात कायम हुने जारी...
सम्पत्ति सिर्जना र कानुनी सुधारमार्फत आर्थिक विकास तीव्र बनाउन निजी क्षेत्रको आग्रह
काठमाडौँ । नेपाल उद्योग परिसंघ सीएनआईका अध्यक्ष वीरेन्द्रराज पाण्डे ले मुलुकको आर्थिक प्रणालीमा देखिएको वर्तमान स्थिरताप्रति निजी क्षेत्र उत्साहित रहेको बताएका छन् । उनले यस्तो स्थायित्व विरलै प्राप्त हुने अवसर भएकाले यसलाई पुँजी निर्माण र उत्पादन...
बुधबार विदेशी मुद्राको विनिमयदर कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ४८ पैसा र बिक्रीदर १४२ रुपैयाँ ०८ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन...
सोमबार विदेशी मुद्राको विनिमयदर कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकअनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७३ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३३ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन यु...


