उद्योगीलाई धरपकड र विद्युत् काट्ने तयारीप्रति महासंघको आपत्ति
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ एफएनसीसीआईले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडद्वारा सञ्चालित औद्योगिक क्षेत्रभित्रका उद्योगहरूको विद्युत् लाइन काट्ने तथा उद्योगी व्यवसायीमाथि प्रशासनिक दबाब सिर्जना गर्ने तयारीप्रति गम्भीर चासो व्यक्त गरेको छ ।
महासंघले बिहीबार विज्ञप्ति जारी गर्दै देशभरका १० वटा औद्योगिक क्षेत्रमा सञ्चालित करिब ७०० उद्योगलाई लक्षित गरी भइरहेका गतिविधिले उद्योग व्यवसायको वातावरण थप प्रभावित हुने जनाएको छ। विशेषगरी औद्योगिक क्षेत्रको जग्गा भाडा वृद्धिसम्बन्धी विवाद अदालतमा विचाराधीन रहेको अवस्थामा उद्योगीमाथि दबाब सिर्जना गर्ने कुनै पनि कदम उपयुक्त नहुने महासंघको धारणा छ ।
महासंघका अनुसार औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जग्गा भाडा निर्धारणसम्बन्धी विषयमा सर्वोच्च अदालत र उच्च अदालतका फैसलामाथि पुनरावलोकनको माग गर्दै विभिन्न मुद्दा दायर गरिसकेको छ। कानुनी प्रक्रिया टुंगोमा नपुगेको अवस्थामा उद्योगीलाई बक्यौता रकम तिर्न सात दिनको समयसीमा तोक्नु र त्यसपछि विद्युत् सेवा विच्छेद गर्ने चेतावनी दिनु कानुनी राज्यको सिद्धान्तविपरीत भएको महासंघले जनाएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
नेशनल लाईफ इन्स्योरेन्सको सफलताको शुरुवात कार्यक्रम सम्पन्न
काठमाण्डौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आफ्ना अभिकर्ताहरुका लागि १ रात २ दिनको “सफलताको शुरुवात” कार्यक्रम पोखरा स्थित होटल पोखरा ग्राण्डमा सम्पन्न गरेको छ । कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २...
आजको विदेशी मुद्राको विनिमय दर : डलर, युरो र पाउन्डको भाउ कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा कायम भएको छ ।
यस्तै, युरोपियन युरो एक...
आज काठमाडौं उपत्यकाका ७ स्थानबाट एलपी ग्यास बिक्री गरिने, नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य
काठमाडौँ । नेपाल आयल निगमको समन्वयमा आज काठमाडौं उपत्यकाका विभिन्न सात स्थानबाट खाना पकाउने एलपी ग्यास बिक्री गरिने भएको छ ।
अत्यावश्यक अवस्थामा रहेका उपभोक्तालाई लक्षित गर्दै निगमले यो विशेष व्यवस्था मिलाएको हो । ग्यास खरिद गर्नका लागि उपभो...
अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा ! अब एक डलरको नेपाली कति रुपैयाँ हुन्छ ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। यस्तै, यूरो, पाउण्ड स्ट्रलिङ, स्वीस फ्रयांक, अष्ट्रेलियन...
पश्चिमी वायुको आंशिक प्रभाव : हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले लुम्बिनी प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो देशको हिमाली...
साताभर ७.६६ अंकले बढ्यो नेप्से, कुन दिनको कारोबार कति ?
काठमाडौँ । यस साता नेप्से परिसूचक ७.६६ अंकले बढेर २६१५.०३ विन्दुमा आईपुगेको छ। गत साता २६०७.३७ विन्दुमा बन्द भएको नेप्से यो साता ७.६६ अंक बढेर २६१५.०३ विन्दुमा पुगेको हो । यस साता पाँचै कारोबार दिन बजार खुलेको थियो। यस साता तीन कारोबार दिन नेप्से...



