बिहिबार, ११ असार २०८३
नेपाली

फिफा विश्वकप २०२६ : स्कटल्यान्डमाथि ब्राजिलको सानदार जित

Main News Image

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को रोमाञ्चक एवं निर्णायक भिडन्तमा बलियो टोली ब्राजिलले स्कटल्यान्डमाथि ३,० को सहज जित दर्ता गरेको छ । अमेरिकाको मायामीस्थित प्रतिष्ठित हार्ड रक स्टेडियममा भएको उक्त खेलमा ब्राजिलले सुरुदेखि नै बलियो पकड बनाएको थियो ।

खेलको सुरुवातमा तीन गोलको स्पष्ट अग्रता बनाएपछि ब्राजिलले रक्षापंक्तिलाई मजबुत पार्दै बाँकी समय विपक्षीलाई कुनै अवसर दिएन र सोही अग्रतालाई अन्तिमसम्म जोगाउन सफल भयो । ब्राजिललाई सानदार जित दिलाउने क्रममा स्टार स्ट्राइकर विनीसियस जुनियरले दुई तथा माथिअस कुन्हाले एक गोल गरे। खेल सुरु भएको सातौँ मिनेटमै विनीसियस जुनियरले उत्कृष्ट गोल गर्दै ब्राजिललाई सुरुवाती अग्रता दिलाएका थिए ।

mediabaaji add

सम्बन्धित खबर

विश्वकप ग्लोबल छनोटः नेपाल थाइल्याण्डसँग पराजित

काठमाडौँ । आइसिसी महिला टी २० विश्वकप ग्लोबल छनोटको उद्घाटन खेलमा नेपाल थाइल्याण्डसँग आठ विकेटले पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले दिएको एक सय २३ रनको लक्ष्य पछ्याएको थाइल्याण्डले १६ दशमलव पाँच ओभरमा दुई व...

साम्बाको दुई गोलमा भारतमाथि नेपालको जित

काठमाडौँ । ट्राई नेसन्स अन्तर्राष्ट्रिय महिला फुटबलको दोस्रो खेलमा नेपालले भारतलाई पराजित गरेको छ । शिलोङस्थित जवाहरलाल नेहरु स्टेडियममा भएको खेलमा कप्तान सावित्रा भण्डारी साम्बाको दुई गोल मद्तमा नेपालले भारतलाई २-१ ले पराजित गरेको हो। प्रतियोगिता...

टी-२० विश्वकपमा पाकिस्तानमाथि भारतको सबैभन्दा ठूलो जित, मिलाएनन् हात

कोलम्बो । टी-२० विश्वकपमा भारतले पाकिस्तानलाई ६१ रनले पराजित गरेको छ । यो प्रतियोगिताको इतिहासमा रनको हिसाबले पाकिस्तानमाथि भारतको सबैभन्दा ठूलो जित हो । यो जितसँगै भारतीय टोली सुपर ८ को लागि छनोट भएको छ । टोली लगातार तीन जितसहित समूह ए अंक तालिका...

एसियाली खेलकुद छनोट : समूह विजेता बन्ने लक्ष्यका साथ नेपालले आज मलेसियाको सामना गर्दै

काठमाडौँ । एसियाली खेलकुद क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत नेपालले आज बिहीबार मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । सिङ्गापुरमा आयोजना भइरहेको यस महत्त्वपूर्ण खेलमा नेपाली टोली मलेसियालाई पराजित गर्दै समूह विजेता बन्ने स्पष्ट लक्ष्यका साथ मैदान उत्रनेछ...

खेलकुदमन्त्री गुप्ताको अमेरिका भ्रमण रद्द, तत्काल राजीनामा पनि नदिने

काठमाण्डौँ । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता पछिल्लो समय विवादमा तानिएका छन् । मन्त्रालय सम्हालेको छोटो समयमै गुप्ता अमेरिका भ्रमणलाई लिएर विवादित बनेका हुन् । गुप्ता जेनजीको कोटाबाट मन्त्री बनेको चर्चा छ । मन्त्री गुप्तालाई गैरआवासीय नेपाली स...

बक्सिङमा इतिहास रचेका मगर आज स्वदेश फर्किँदै

काठमाडौँ । आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिप २०२५ मा कास्यपदक जितेका नेपालका बक्सर चन्द्रबहादुर थापा मगर आज स्वदेश फिर्ता हुँदैछन् । चन्द्रबहादुर नेपालको बक्सिङ इतिहासमा विश्व च्याम्पियनसिपमा सेमिफाइनलमा प्रवेश गर...