ट्रम्पको युद्धविराम घोषणापछि पनि थाइल्याण्ड–कम्बोडियामा लडाइँ जारी
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थाइल्याण्ड र कम्बोडियाबीच युद्धविराममा सहमति भएको घोषणा गरे पनि थाइल्याण्डले कम्बोडियाविरुद्ध सैन्य आक्रमण जारी राख्ने स्पष्ट पारेको छ। थाइल्याण्ड र कम्बोडियाबीचको झडप औपनिवेशिक कालमा तय गरिएको करिब ८०० किलोमिटर लामो सीमासम्बन्धी विवादका कारण यस महिनादेखि पुनः चर्किएको हो। यस द्वन्द्वका कारण दुवै देशमा गरी करिब पाँच लाख मानिस विस्थापित भएका छन् भने पछिल्लो साता मात्र कम्तीमा २० जनाको मृत्यु भएको छ।
शनिबार थाइल्याण्डका प्रधानमन्त्री अनुटिन चार्नभिराकुलले आफ्नो देशको भूमि र जनताको सुरक्षामा खतरा कायमै रहेसम्म सैन्य कारबाही रोकिने सम्भावना नरहेको बताए। बैङ्ककस्थित संयुक्त प्रेस केन्द्रका अनुसार थाइ सेनाले बिहान ५स्५० बजे कम्बोडियाली सैन्य लक्ष्यहरूविरुद्ध प्रतिशोधात्मक आक्रमण गरेको थियो।
कम्बोडियाले थाइ लडाकु विमानहरूले आफ्ना भूभागमा बम खसालेको आरोप लगाएको छ। यसबारे प्रतिक्रिया दिँदै थाइ नौसेनाका प्रवक्ताले द्वन्द्व क्षेत्रमा हतियार ढुवानी गर्न प्रयोग हुँदै आएका कम्बोडियाका दुई पुल ध्वस्त पारिएको जानकारी दिए।
शुक्रबार राष्ट्रपति ट्रम्पले थाइल्याण्डका प्रधानमन्त्री अनुटिन र कम्बोडियाका प्रधानमन्त्री हुन मानेट सँग भएको फोनवार्तापछि दुवै देशले तत्काल गोलीबारी रोक्ने सहमति गरेको दाबी गरेका थिए। तर ट्रम्पको घोषणापश्चात् पनि दुवै पक्षले एक–अर्कामाथि युद्धविराम उल्लङ्घनको आरोप लगाइरहेका छन्।
कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले आफ्नो देश शान्तिपूर्ण उपायमार्फत समस्या समाधानमा प्रतिबद्ध रहेको बताएका छन् भने कम्बोडियाका सूचनामन्त्रीले थाइ सेनाले नागरिक पूर्वाधार र सर्वसाधारणलाई लक्षित गरी आक्रमण गरेको आरोप लगाएका छन्। थाइ वायुसेनाले भने निर्दोष नागरिकलाई क्षति नपुग्ने गरी उच्च सटीक हतियार प्रयोग गरिएको दाबी गरेको छ।
यसअघि अमेरिका, चीन र आसियान अध्यक्ष मलेसियाको मध्यस्थतामा जुलाईमा युद्धविराम भएको थियो। तर, सीमामा बारुदी सुरुङ विस्फोटमा थाइ सैनिक घाइते भएपछि नोभेम्बरमा उक्त सम्झौता स्थगित गरिएको थियो। सीमावर्ती क्षेत्रबाट विस्थापित एक थाइ नागरिकले शान्ति प्रयासप्रति आशङ्का व्यक्त गर्दै कम्बोडियामाथि अब विश्वास गर्न गाह्रो भएको बताएका छन्।
एक्सप्रेस
सम्बन्धित खबर
शारजाहबाट कराँची उडेको पाकिस्तानी कार्गो विमान सम्पर्कविहीन
काठमाडौँ । संयुक्त अरब इमिरेट्स यूएईको शारजाहबाट पाकिस्तानको कराँचीका लागि उडेको पाकिस्तान के–टू एयरवेजको कार्गो विमान सम्पर्कविहीन भएको छ। विमानसँग सम्पर्क टुटेपछि पाकिस्तानी नौसेना, वायुसेना तथा अन्य सम्बन्धित निकायले खोजी तथा उद्धार अभिया...
जापानमा प्रधानमन्त्री ताकाइचीको पार्टीलाई भारी बहुमत
काठमाडौँ । आइतबार भएको जापानको तल्लो सदनको निर्वाचनबाट प्रधानमन्त्री सानाए ताकाइचीको लिबरल डेमोक्रेटिक पार्टी९एलडिपी० ले ऐतिहासिक विजय हासिल गरेको छ । यसअघि १९८ सिट भएको एलडिपीले यो निर्वाचनमा ३१६ सिट जितेको हो । ४६५ सिटको तल्लो सदनमा दुई तिहाईको...
अमेरिकामा नेपालीको भविष्य अन्योलमा, करिब सात हजार नेपाली निर्वासनको जोखिममा
काठमाडौँ । एक दशकअघि भूकम्पको त्रासदीबाट जोगिन अमेरिका पुगेका हजारौँ नेपाली अब कानुनी अस्तित्व गुमाउने जोखिममा परेका छन् । अमेरिकी संघीय पुनरावेदन अदालतको पछिल्लो आदेशपछि टीपीएसअन्तर्गत संरक्षण पाउँदै आएका करिब सात हजार नेपाली नागरिकको बसाइँ संकटम...
थाइल्याण्डमा उच्च गतिमा गुडिरहेको रेलमाथि क्रेन खस्दा २२ जनाको मृत्यु
काठमाडौँ । थाइल्यान्डको नाखोन राचासिमा प्रान्तमा निर्माणाधीन क्रेन गुडिरहेको एक्सप्रेस रेलमाथि खसेर दुर्घटना भएको छ। यस घटनामा २२ जनाको मृत्यु भएको छ भने ५५ जना घाइते भएका छन् । उद्धार टोलीहरू अझै पनि भग्नावशेषमा फसेका यात्रुहरूलाई मुक्त गर्न प्रय...
बंगलादेशका प्रधानमन्त्रीद्वारा निर्वाचनको सफलताको कामना
काठमाडौँ । बंगलादेशका प्रधानमन्त्री तारिक रहमानले आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न होस् भन्ने कामना गरेका छन् । बंगलादेशका प्रधानमन्त्रीले परराष्ट्रमन्त्री बालानन्द शर्मासँग मंगलबार साँझ भएको भेटम...
पश्चिम बंगालमा भीषण आगलागी, मृत्यु हुनेको संख्या १९ पुग्यो
काठमाडौँ । भारतको पूर्वी राज्य पश्चिम बंगालमा दुईटा जोडिएका गोदाममा लागेको भीषण आगलागीमा मृत्यु हुनेको संख्या १९ पुगेको छ । धेरै व्यक्ति अझै बेपत्ता भएको सरकारी प्रसारक अल इन्डिया रेडियो एआईआरले जनाएको छ । पश्चिम बंगा...



