आजदेखि लगातार पाँच दिन सार्वजनिक बिदा
काठमाडौँ । सरकारले सोमबार र परसी मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेसँगै देशभर लगातार पाँच दिन सार्वजनिक बिदा हुने भएको छ । यसअघि श्रीकृष्ण जन्माष्टमी र नियमित सातान्त बिदाका कारण तीन दिन बिदा हुने तय भएकोमा मन्त्रिपरिषद्को पछिल्लो निर्णयले दुई दिन बिदा थपिएको हो ।
मन्त्रिपरिषद् बैठकका निर्णयअनुसार रसुवा केन्द्रविन्दु भई भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट ज्यान गुमाएकाहरूको सम्मानमा भदौ २२ गते ९सोमबार० राष्ट्रिय शोक दिवस मनाउँदै सार्वजनिक बिदा दिइने भएको छ ।
हिन्दु परम्पराअनुसार विपद्को १३औँ दिन पारेर सरकारले राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो। उक्त दिन देशभरका सरकारी कार्यालयका साथै विदेशस्थित नेपाली कूटनीतिक नियोगहरूमा राष्ट्रिय ध्वजा आधा झुकाइनेछ । त्यसैगरी, भदौ २३ गते मङ्गलबार ‘जेनजी सहिद दिवस’ को अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय भएको छ ।
यस निर्णयसँगै शुक्रबार श्रीकृष्ण जन्माष्टमी, शनिबार र आइतबार नियमित बिदा, सोमबार राष्ट्रिय शोक दिवस र मंगलबार जेनजी दिवस गरी सर्वसाधारण तथा सरकारी कर्मचारीहरूले लगातार पाँच दिनको बिदा पाउने भएका छन् ।
एक्सप्रेस
सम्बन्धित खबर
महानिरीक्षक कार्कीले लगाए दर्ज्यानी चिह्न, सम्हाले प्रहरी कमान्ड
काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक आईजीपी दानबहादुर कार्कीले दर्ज्यानी चिह्न लगाएका छन् । गृहसचिव रामेश्वर दंगालले मन्त्रालयमा आयोजित कार्यक्रममा कार्कीलाई प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्न लगाइदिएका हुन् । कात...
रसुवा बाढी : चार जिल्ला जाने सवारीलाई ट्राफिकले काठमाडौंमै रोक्यो
काठमाडौँ । रसुवामा ठूलो बाढी पहिरो आएपछि ट्राफिक प्रहरीले चार जिल्ला जाने सवारीसाधनलाई काठमाडौंमै रोकेको छ । काठमाडौंबाट रसुवा, नुवाकोट, चितवन र धादिङ जाने सवारीसाधानलाई काठमाडौंमै रोकिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सु...
इन्धनखपत घटाउन विद्युतीय ऊर्जाको प्रयोग बढाउन सुझाव
काठमाडौँ । इन्धनखपत घटाउन विद्युतीय ऊर्जाको प्रयोग बढाउन वातावरणविद्हरूले सुझाव दिएका छन् । कैलाशकुट सामाजिक अभियानले हाँडीगाउँमा आयोजना गरेको ‘स्वस्थ वातावरण आजको आवश्यकता’ विषयक कार्यक्रममा वक्ताहरूले भान्छालगायत दैनिक कामका लागि विद्युतीय उपकरण...
आज राष्ट्रिय शोक
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा यही भदौ १८ गते बसेको मन्त्रिपरिषद् बैठकले बाढीमा ज्यान गुमाएकाक...



