आजदेखि लगातार पाँच दिन सार्वजनिक बिदा
काठमाडौँ । सरकारले सोमबार र परसी मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेसँगै देशभर लगातार पाँच दिन सार्वजनिक बिदा हुने भएको छ । यसअघि श्रीकृष्ण जन्माष्टमी र नियमित सातान्त बिदाका कारण तीन दिन बिदा हुने तय भएकोमा मन्त्रिपरिषद्को पछिल्लो निर्णयले दुई दिन बिदा थपिएको हो ।
मन्त्रिपरिषद् बैठकका निर्णयअनुसार रसुवा केन्द्रविन्दु भई भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट ज्यान गुमाएकाहरूको सम्मानमा भदौ २२ गते ९सोमबार० राष्ट्रिय शोक दिवस मनाउँदै सार्वजनिक बिदा दिइने भएको छ ।
हिन्दु परम्पराअनुसार विपद्को १३औँ दिन पारेर सरकारले राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो। उक्त दिन देशभरका सरकारी कार्यालयका साथै विदेशस्थित नेपाली कूटनीतिक नियोगहरूमा राष्ट्रिय ध्वजा आधा झुकाइनेछ । त्यसैगरी, भदौ २३ गते मङ्गलबार ‘जेनजी सहिद दिवस’ को अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय भएको छ ।
यस निर्णयसँगै शुक्रबार श्रीकृष्ण जन्माष्टमी, शनिबार र आइतबार नियमित बिदा, सोमबार राष्ट्रिय शोक दिवस र मंगलबार जेनजी दिवस गरी सर्वसाधारण तथा सरकारी कर्मचारीहरूले लगातार पाँच दिनको बिदा पाउने भएका छन् ।
एक्सप्रेस
सम्बन्धित खबर
आज स्वस्थानी व्रत कथा समापन गरिँदै
काठमाडौँ । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा सुरु गरेको एकमहिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गर्न लागिएको हो ।
पौष शुक्ल पूर्णिमा...
आज नाग पञ्चमी पर्व मनाइँदै, कसरी टाँस्ने ? के छ विधि र महत्त्व ?
काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नाग पञ्चमी पर्व आज देशभरका हिन्दु धर्मावलम्बीहरूले श्रद्धा र भक्तिका साथ मनाउँदै छन् । आजको दिन घर तथा कार्यालयका मूल ढोकामा नागको तस्बिर टाँसेर नाग देवताको पूजा अर्चना गर्ने परम्परा रहेको...
फेवातालमा कार खस्यो, एक जनाको मृत्यु
कास्की । पोखरामा आज बिहान भएको सवारी दुर्घटनामा परेर एक युवकको मृत्यु भएको छ । पोखरा महानगरपालिका–६ पामेस्थित गैराको चौतरा नजिक बिहान अन्दाजी २ः१० बजेको समयमा विएए १५८२ नम्बरको कार फेवातालमा खसेर दुर्घटना भएको थियो ।
घटनामा स्याङ्जा फेदीखोला...
तीन वटा प्रसारण लाइन निर्माणका लागि अनुमति
काठमाडौँ । सरकारले चालु आर्थिक वर्षको हालसम्म तीन वटा प्रसारण लाइन निर्माणका लागि अनुमति प्रदान गरेको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले भेरी करिडोरको बिजुली राष्ट्रिय प्रणालीमा जोडनका लागि महत्त्वपूर्ण मानिएको न...
सरकारका १०० दिन : उखु किसानले १३ वटा चिनी मिलबाट पाए ९२ प्रतिशत रकम
काठमाडौँ । चालु आर्थिक वर्षमा १३ वटा चिनी मिलबाट ६८ हजार उखु किसानले पाउनुपर्ने कुल रु १३ अर्ब ७६ करोडमध्ये करिब ९२ प्रतिशत रकम मिलहरूले भुक्तानी गरिसकेको सरकारले जनाएको छ ।
वर्तमान सरकार गठन भएको १०० दिनका अवसरमा आज सरकारका प्रवक्ता ए...
आगलागीबाट एक महिनामा आठको मृत्यु
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सुक्खा मौसममा आगलागीजन्य विपद्का घटना हुन नदिन आवश्यक पूर्वतयारी, प्रतिकार्य तथा पुनर्लाभसम्बन्धी कार्यमा समन्वय र सहजीकरण गर्न तीनै तहका सरकारसँग अ...



