नेपाल प्रहरीका पाँच प्रहरी नायब महानिरीक्षकलाई दर्ज्यानी चिह्न प्रदान
काठमाडौँ । नेपाल प्रहरीका पाँच प्रहरी नायब महानिरीक्षकलाई आज दर्ज्यानी चिह्न प्रदान गरिएको छ । नेपाल सरकार गृहमन्त्रीस्तरको आज कात्तिक १७ गतेको निर्णयअनुसार प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायब महानिरीक्षक पदमा पदोन्नति हुनुभएका पाँच प्रहरी नायब महानिरीक्षकलाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो ।
प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच उनीहरूलाई दर्ज्यानी चिह्न प्रदान गरे। दर्ज्यानी चिह्न प्राप्त गर्ने प्रहरी नायब महानिरीक्षकहरूमा भूपेन्द्रबहादुर खत्री, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, शेखर खनाल र अबिनारायण काफ्ले छन्।
सो समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक खापुङले दज्र्यानी चिह्नद्वारा सुशोभन भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे। उनले आ(आफ्नो स्थानबाट व्यावसायिक, इमानदार एवं कर्तव्यनिष्ठ प्रहरीको छवि बनाउनेगरी दृढतापूर्वक काम गर्न दर्ज्यानी चिहबाट सुशोभित प्रहरी अधिकृतहरूलाई निर्देशन दिए।
एक्सप्रेस
सम्बन्धित खबर
काठमाडौँमा बस दुर्घटना : अर्का मृतकको पनि पहिचान खुल्यो
काठमाण्डौँ । काठमाडौँको शङ्खरापुर नगरपालिका–३ मा बुधबार साँझ भएको बस दुर्घटनामा ज्यान गुमाउने चार जनाकै पहिचान खुलेको छ । दुर्घटनामा ज्यान गुमाउने एक मृतक पाँचथर स्थायी घर भई गोठाटार बस्ने ६५ वर्षीय देवेन्द्र लिम्बू रहेको प्रहरीले जनाएको छ । ...
कालिञ्चोक भगवतीमा दर्शनार्थीहरु
काठमाण्डौँ । कालिञ्चोक भगवती मन्दिरमा भक्तजनहरूको चहलपहल बाक्लिएको छ । मौसम सफा रहेकाले दर्शनार्थीहरूको संख्या उल्लेख्य रूपमा बढेको देखिएको छ। मन्दिर परिसरमा टाढाटाढाबाट आएका श्रद्धालुहरू पूजा–आराधना तथा दर्शनका लागि पालो कुरिरहेका छन् ।
पछि...
हिमपात हुँदा किसान र पर्यटन व्यवसायी उत्साहित
मुस्ताङ । जलवायु परिवर्तनका कारण लगातार तीन वर्षसम्म राम्ररी हिउँ पर्न नसकेको हिमाली जिल्ला मुस्ताङमा यस वर्ष कात्तिकमै हिउँ परेको छ । आज बिहानदेखि परेको हिउँ निरन्तर परिरहेको छ। अक्सर मङ्सिर महिनाको अन्त्यतिर पर्नुपर्...
सेतोपाटी डटकमलाई कारवाही गर्न निर्वाचन आयोगको निर्देशन
काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन भएको ठहर गर्दै सेतोपाटी अनलाइनमाथि कारबाहीको प्रक्रिया अघि बढाउन प्रेस काउन्सिललाई पत्राचार गरेको छ । आयोगका अनुसार सेतोपाटीले निर्वाचन अवधिमा प्रकाशित केही समाच...
धनुषा घटनाको विरोधमा वीरगञ्जमा तनाव, प्रहरीद्वारा अश्रु ग्यास प्रहार
वीरगन्ज । धनुषाको धन्कवलमा रहेको एक मस्जिदमा अज्ञात व्यक्तिहरूले गरेको तोडफोडको विरोधमा पर्साको वीरगन्जमा मुस्लिम समुदायले उग्र प्रदर्शन गरेका छन् । आइतबार भएको उक्त प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा वीरगन्जको स्थिति केही समय तन...
हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने
काठमाडौँ । यही मंसिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।...



