पक्की पुल अलपत्रः झोलुङ्गे पुलबाट ट्रान्सफर्मर बोक्नुपर्ने बाध्यता
काठमाण्डौँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–६ प्यूघरमा जलेर बिग्रिएको ट्रान्सफर्मर परिवर्तन गरी विद्युत् सेवा पुनः सञ्चालनमा लाइएको छ । नयाँ ट्रान्सफर्मर सो स्थानसम्म पुर्याउन स्थानीयवासी र नेपाल विद्युत् प्राधिकरणका कर्मचारीले झोलुङ्गे पुलको सहारा लिनुपरेको छ ।
नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका अनुसार केही दिन अगाडि ट्रान्सफर्मर जलेपछि विद्युत् आपूर्ति प्रभावित भएको थियो । पुरानो ट्रान्सफर्मर हटाएर नयाँ ट्रान्सफर्मर जडान गरिएपछि अहिले विद्युत् सेवा नियमित भएको छ ।
भरतपुर वितरण केन्द्रका सूचना अधिकारी विनोद ढकालका अनुसार नयाँ ट्रान्सफर्मर प्यूघर पुर्याउन स्थानीयवासीले त्रिशूली नदीमाथि रहेको झोलुङ्गे पुलबाट बोकेर तार्न सहयोग गरेका थिए । पुल तारिसकेपछि ट्रान्सफर्मरलाई गाडीमार्फत सम्बन्धित स्थानसम्म पुर्याएर जडान गरिएको ढकालले बताउनुभयो ।
ट्रान्सफर्मर परिवर्तन भएपछि प्यूघरका ६२ घरपरिवारमा विद्युत् सेवा पुनः सञ्चालन भएको छ । विद्युत् सेवा अवरुद्ध भएपछि प्रभावित स्थानीयवासीलाई नयाँ ट्रान्सफर्मर जडानसँगै राहत मिलेको छ । प्यूघरमा ट्रान्सफर्मर लैजाँदा त्यहाँको पूर्वाधारको समस्या पुनः सतहमा आएको छ । घुमाउनेमा निर्माणाधीन पक्की पुल अलपत्र अवस्थामा रहेकाले सवारीसाधनमार्फत सहज रूपमा विद्युतीय उपकरण तथा अन्य सामग्री ओसारपसार गर्न कठिनाइ हुँदै आएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
बकैयामा ट्याक्टर दुर्घटना : दुई मजदुरको मृत्यु, १९ जना घाइते
हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका–७ अन्तर्गत पर्ने फास्टट्र्याकमा मंगलबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा दुई मजदुरको ज्यान गएको छ। दुर्घटनामा १९ जना घाइते भएका छन् । लु ५ त १७४ नम्बरको ट्रयाक्टर अनियन्त्रित भ...
तीन सवारीसाधन एक आपसमा ठोक्किँदा चालकसहित सात जना घाइते
रौतहट । रौतहटमा तीन सवारीसाधन एक आपसमा ठोक्किँदा चालकसहित सात जना घाइते भएका छन् । दुर्गाभगवती गाउँपालिका वडा नम्बर ५ बरहर्वा भएको हुलाकी सडक हुँदै बम नहर तर्फ जाँदै गरेको एचआर २८ डि ७२२२ नम्बरको भारतीय स्कार्पियोले चन...
लाङटाङ खोला जलविद्युत् आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो, २५ जना अझै सम्पर्कविहीन
रसुवा । रसुवास्थित २० मेगावाट क्षमताको लाङटाङ खोला जलविद्युत् आयोजनाको सुरङभित्रबाट दुई जनाको शव निकालिएको छ । सुरङमा खोजी तथा उद्धारमा खटिएको नेपाली सेनाको टोलीले बिहीबार ती शवहरू बाहिर निकालेको आयोजनाका महाप्रबन्धक विजयमणि भट्टराईले जानकारी दिए...
नेपालमा अवैध रुपमा बसेका ६७ जना विदेशी नागरिकलाई निष्काशन
काठमाडौँ । सरकारले नेपालमा अवैध रुपमा बसेका ६७ जना विदेशी नागरिकलाई निष्काशन गरेको छ । वर्तमान सरकार गठन भएयताको एक महिने अवधिमा सो संख्याका विदेशीहरूलाई देशबाट निकालिएको गृहमन्त्री ओमप्रकाश अर्यालले बताएका छन् । आफ्नो...
बौद्ध गेटअगाडि महिलाको आत्मदाह प्रयास, ५० प्रतिशतभन्दा बढी शरीर जल्यो
काठमाडौँ । बौद्धमा खाजाघर सञ्चालन गर्दै आएकी एक महिलाले बौद्ध गेटअगाडि आत्मदाहको प्रयास गरेकी छिन्। आत्मदाहको प्रयासबाट उनको शरीर ५० प्रतिशतभन्दा बढी जलेको छ । काभ्रेको तिमाल स्थायी घर भई हाल बौद्धमा बसोबास गर्दै आएकी २७ वर्षीया सालु गुरुङले सोमबा...
काठमाडौंका फोहोरपानी प्रशोधन केन्द्र चाँडै सञ्चालनमा ल्याइँदै
काठमाडौँ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा निर्माण सम्पन्न भएका फोहोरपानी प्रशोधन केन्द्र चाँडै सञ्चालनमा ल्याइने भएको छ । यसबाट नदी तथा खोलामा मिसिने दूषित पानीको मात्रा घट्ने र वातावरणीय प्रदूषण नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ...



