नुवाकोटमा बाढीपीडितलाई होल्डिङ सेन्टरबाट राहत, नदीपारिका क्षेत्रमा वितरण चुनौती
नुवाकोट । भोटेकोशी बाढीबाट प्रभावित नुवाकोटका नागरिकलाई जिल्ला विपद् व्यवस्थापन समितिले होल्डिङ सेन्टरमार्फत राहत सामग्री वितरण गर्न थालेको छ । दाता तथा विभिन्न संघसंस्थाबाट प्राप्त राहत सामग्री एकीकृत रूपमा सङ्कलन गरी आवश्यकताका आधारमा प्रभावित क्षेत्रमा पठाउने व्यवस्था गरिएको छ ।
नुवाकोटमा हाल १३ वटा होल्डिङ सेन्टर सञ्चालनमा छन् । विदुर नगरपालिकामा नौ, किस्पाङ गाउँपालिकामा दुई तथा सूर्यगढी गाउँपालिका र बेलकोटगढी नगरपालिकामा एक–एक वटा होल्डिङ सेन्टर स्थापना गरिएको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीका अनुसार बाढी प्रभावितलाई वितरण गर्न दाता तथा इच्छुक व्यक्ति तथा संस्थाले उपलब्ध गराएका राहत सामग्री एकद्वार प्रणालीमार्फत समितिले सङ्कलन गरिरहेको छ।
एक्सप्रेस
सम्बन्धित खबर
दशैंमा उपत्यकाबाट करिब १० लाख यात्रु गाउँ फर्किने अनुमान : दयनीय सडकले यात्रा जोखिमपूर्ण
काठमाडौँ । दशैं नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट गाउँघर फर्किने सर्वसाधारणको भीडभाड दिनप्रतिदिन बढ्दो छ। घटस्थापना सकिएसँगै दसैँलगायतका मुख्य चाडपर्व मनाउनका लागि उपत्यका छाड्ने यात्रुहरूको सङ्ख्यामा उल्लेख्य वृद्धि भइरहेको छ।
वर्षमा एकप...



