इन्डोनेसियामा बाढी र पहिरोका कारण कम्तीमा ८४ जनाको मृत्यु
काठमाडौँ । इन्डोनेसियाको सुमात्रा टापुमा आएको बाढी र पहिरोका कारण कम्तीमा ८४ जनाको मृत्यु हुनुका साथै दर्जनौं बेपत्ता भएको उद्धार अधिकारीहरूले शुक्रबार बताएका छन् । इन्डोनेसियाको छिमेकी मुलुक मलेसिया र थाइल्यान्डमा पनि भारी वर्षाको कारण उत्पन्न विपदले यस क्षेत्रमा दर्जनौँ मानिसहरुको मृत्यु भएको छ । उत्तरी सुमात्रामा शुक्रबार सम्म मृतकको सङ्ख्या ६२ पुगेको र ९५ जना घाइते भएको स्थानीय प्रहरी प्रवक्ता फेरी वालिन्टुकानले बताउनु भएको छ ।
वाढीका कारण वेपत्ता भएका कम्तिमा ६५ जनाको खोजी भइरहेको प्रवक्ता फेरी वालिन्टुकानलाई उदृत गर्दै एएफपीले जनाएको छ । स्थानीय विपद् एजेन्सीका अनुसार पश्चिम सुमात्रामा कम्तीमा २२ जनाको मृत्यु भएको छ भने १२ जना बेपत्ता छन् । वालिन्टुकानले उत्तरी सुमात्राका अधिकारीहरू “निकासी र सहायता प्रदान गर्ने कार्यमा केन्द्रित रहेको बताएको छ । उत्तरी सुमात्रामा, केही क्षेत्रहरूमा सञ्चारको पहुच विच्छेद भएको उनले बताएको छ । सबैभन्दा बढी प्रभावित सहर सिबोल्गामा ३० जना भन्दा बढीको मृत्यु भएको उनले बताएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
इरानमाथि अमेरिकी दबाब बढेपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट !
काठमाण्डौँ । इरानमाथि अमेरिकी आर्थिक दबाब थप कडा हुने संकेतसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध थप आर्थिक कारबाही घोषणा गरेपछि सोमबार तेल बजारमा गिरावट देखिएको हो । अन्तर्राष्ट्रिय...



