शनिबार, ०७ कात्तिक २०८३
नेपाली

डलर र युरोको भाउमा उतारचढाव : यस्तो छ बुधबारका विदेशी मुद्राको विनिमय दर

Main News Image

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राहरूको आधिकारिक विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ०८ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६८ पैसा कायम भएको छ ।

त्यस्तै युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ०९ पैसा र बिक्रीदर १७७ रुपैयाँ ७९ पैसा तोकिएको छ भने बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर २०५ रुपैयाँ २४ पैसा र बिक्रीदर २०६ रुपैयाँ ०५ पैसा रहेको छ। यसैगरी स्वीस फ्रांक एकको खरिददर १९४ रुपैयाँ ६४ पैसा र बिक्रीदर १९५ रुपैयाँ ४१ पैसा निर्धारण गरिएको छ ।

अन्य देशका मुद्राहरू तर्फ अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ०३ पैसा र बिक्रीदर १०९ रुपैयाँ ४६ पैसा, क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ १० पैसा र बिक्रीदर ११० रुपैयाँ ५४ पैसा तथा सिंगापुर डलर एकको खरिददर ११९ रुपैयाँ ०६ पैसा र बिक्रीदर ११९ रुपैयाँ ५३ पैसा कायम गरिएको छ।

चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ४२ पैसा र बिक्रीदर २२ रुपैयाँ ५० पैसा रहँदा जापानी येन १० को खरिददर ९ रुपैयाँ ५७ पैसा र बिक्रीदर ९ रुपैयाँ ६१ पैसा तोकिएको छ ।

वैदेशिक रोजगारीका मुख्य गन्तव्य मुलुकहरूको विनिमय दर हेर्दा साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ५३ पैसा र बिक्रीदर ४० रुपैयाँ ६९ पैसा कायम भएको छ । कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ७२ पैसा र बिक्रीदर ४१ रुपैयाँ ८८ पैसा, यूएई दिर्हाम एकको खरिददर ४१ रुपैयाँ ४० पैसा र बिक्रीदर ४१ रुपैयाँ ५७ पैसा तथा मलेसियन रिङ्गिट एकको खरिददर ३८ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३८ रुपैयाँ ६३ पैसा रहेको छ ।


mediabaaji add

सम्बन्धित खबर

सोपान फर्मास्युटिकल्सको आईपीओ बाँडफाँड, ३ लाख ४७ हजारले पाए शेयर

काठमाडौँ । सोपान फर्मास्युटिकल्स लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड गरेको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले आज बिहान आईपीओ बाँडफाँड गरेको हो । कम्पनीले वैशाख ३ गतेदेखि वैशाख ८ गतेसम्म सर्वसाधारणलाई प्रतिकित्ता १०...

नेप्से ९.९३ अंकले उकालो, साढे ७ अर्बको सेयर कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक ९.९३ अंकले बढेर २६४९.३० विन्दुमा पुगेको छ । आज ३३४ कम्पनीको १ करोड ४८ लाख कित्ता सेयर किनबेच हुँदा ७ अर्ब १२ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । कारोबारमा सहभागी कम्पनीमध्ये १४८ को सेयर मूल्...

आज सामान्य अंकले बढ्यो नेप्से, ८ अर्ब २२ करोडमा झर्‍यो कारोबार

काठमाडौँ । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक १.५३ अंकले बढेर २६९५.७३ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३३० कम्पनीको १ करोड ७५ लाख ७ हजार ७७६ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब २२ करोड ३९ लाखको सेयर कारोबार भएको छ । आज  ११४ कम्पनीको से...

नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार भने ३ अर्ब २९ करोडमा सीमित

काठमाडौँ । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक १६.३७ अंकले बढेर २६१९.९९ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३२५ कम्पनीको ७८ लाख ४ हजार ४५ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २९ करोड ४२ लाखको सेयर कारोबार भएको छ । आज...

निरन्तर सुन मूल्यले बनाउँदै नयाँ रेकर्ड, बुधबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यले निरन्तर नयाँ रेकर्ड बनाइरहेको छ । पछिल्लो तीन दिन यता सुन हालसम्मकै उच्च मूल्यमा कायम भइरहेको हो । आज मात्रै सुन तोलामा ९०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार सुन प्रतितोला दुई लाख...

विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययनकार्यदल गठन, एक महिनाभित्र प्रतिवेदन दिने

काठमाडौँ । सरकारले विराटनगर जुटमिल पुनः सञ्चालनका लागि अध्ययन गर्न एक कार्यदल गठन गरेको छ। उद्योगको विद्यमानआर्थिक, प्राविधिक तथा कानुनी अवस्था अध्ययन गरी पुनः सञ्चालनका लागि उपयुक्त विकल्पसिफारिस गर्न विज्ञसहितको कार्यदल गठन गर्ने निर्णय गरिएको ह...