शुक्रबार, ०९ असोज २०८३
नेपाली

विदेशी मुद्राको विनिमय दर : डलरको बिक्री दर १५३ रुपैयाँ नाघ्यो

Main News Image

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राहरूको आधिकारिक विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकले तोकेको नयाँ दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १५२ रुपैयाँ ५९ पैसा र बिक्री दर १५३ रुपैयाँ १९ पैसा पुगेको छ ।

त्यस्तै युरोपियन युरो एकको खरिद दर १७६ रुपैयाँ ०९ पैसा तथा बिक्री दर १७६ रुपैयाँ ७८ पैसा कायम भएको छ भने युके पाउन्ड स्ट्रलिङ एकको खरिद दर २०५ रुपैयाँ ७४ पैसा र बिक्री दर २०६ रुपैयाँ ५५ पैसा तोकिएको छ। स्वीस फ्र्याङ्कको खरिद दर १८६ रुपैयाँ ८० पैसा र बिक्री दर १८७ रुपैयाँ ५४ पैसा रहेको छ।

अन्य प्रमुख मुद्राहरूमा अष्ट्रेलियन डलर एकको खरिद दर १०८ रुपैयाँ ७४ पैसा र बिक्री दर १०९ रुपैयाँ १६ पैसा, क्यानेडियन डलरको खरिद दर १०९ रुपैयाँ ८१ पैसा र बिक्री दर ११० रुपैयाँ २४ पैसा तथा सिङ्गापुर डलरको खरिद दर १२० रुपैयाँ ०५ पैसा र बिक्री दर १२० रुपैयाँ ५२ पैसा निर्धारण गरिएको छ। जापानी येन १० को खरिद दर नौ रुपैयाँ ८६ पैसा र बिक्री दर नौ रुपैयाँ ९० पैसा हुँदा चिनियाँ युआन एकको खरिद दर २२ रुपैयाँ ७५ पैसा र बिक्री दर २२ रुपैयाँ ८३ पैसा कायम भएको छ।

mediabaaji add

सम्बन्धित खबर

मंगलबार कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ७१ पैसा र बिक्रीदर १४९ रुपैयाँ ३१ पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ आठ पैसा र...

नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता

काठमाण्डौँ । नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ समापन भएको छ । साउन २६ गते भव्य कार्यक्रमबीच औपचारिक उद्घाटन भएको नाइमा एक्स्पो एक लाख ८० हजारभन्दा बढी अवलोकनकर्ताको उत्साहजनक उपस्थितिसहित आज समापन भएको हो ।

नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड...

आज १३.५२ अंकले घटेर बन्द भयो नेप्से, ५ अर्ब २३ करोडको कारोबार

काठमाडौँ । साताको चौथो कारोबार दिन नेप्से परिसूचक १३.५२ अंकले घटेर २६३१.१७ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३३२ कम्पनीको १ करोड ८ लाख ७३ हजार ३७२ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २३ करोडको शेयर कारोबार भएको छ । आज...

कानुनविपरीत लिइएको शुल्क विद्यार्थीलाई फिर्ता गर्न शिक्षा मन्त्रालयको निर्देशन

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका संस्थागत विद्यालयहरूद्वारा गैरकानुनी रूपमा लिइएको शुल्क विद्यार्थीलाई फिर्ता गर्न निर्देशन दिएको छ। मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै कानुन विपरीत शुल्क असुल गर्ने विद्यालयहरूमाथि कड...

मंगलबार विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४२ रुपैयाँ १२ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन...

पृथ्वी राजमार्गअन्तर्गत ११ किलोमिटर नागढुङ्गा-मलेखु खण्ड कालोपत्र

चितवन । पृथ्वी राजमार्गअन्तर्गत ११ किलोमिटर नागढुङ्गा मलेखु खण्ड कालोपत्र भएको छ । गत वर्ष आठ किलोमिटर कालोपत्र गरिएकामा यस वर्ष थप तीन किलोमिटर कालोपत्र गरिएको हो । नागढुङ्गा मुग्लिन सडक आयोजनाका इन्जिनियर विजय दरैका अनुसार तेस्रो चरणअन्तर्गत हाल...