आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ २९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ८९ पैसा निर्धारण गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ ५० पैसा र बिक्रीदर १०५ रुपैयाँ ९२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ २६ पैसा र बिक्रीदर १०८ रुपैयाँ ६९ पैसा तोकिएको छ ।
युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ १९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ८६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०२ रुपैयाँ ८९ पैसा र बिक्रीदर २०३ रुपैयाँ ६९ पैसा कायम गरिएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
२७ लाखभन्दा बढी स्मार्ट लाइसेन्स वितरणका लागि कार्यालयहरूमा पठाइयो
काठमाडौँ । यातायात व्यवस्था विभागले विगत चार वर्षदेखि रोकिएको सवारी चालक अनुमतिपत्र ९स्मार्ट लाइसेन्स० को छपाइ कार्य सम्पन्न गरी वितरण प्रक्रियालाई तीव्रता दिएको छ ।
विभागले एक विज्ञप्ति जारी गर्दै छपाइ मेसिन, जनशक्ति व्यवस्थापन, सफ्टवेयर र...
कृष्णभिरमा सडक भासिएपछि त्रिभुवन राजपथबाट इन्धन आपूर्ति
काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर खण्डमा सडक अवरुद्ध भएपछि नेपाल आयल निगमले वैकल्पिक मार्ग त्रिभुवन राजपथ ९बाइरोड० मार्फत काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा पेट्रोलियम पदार्थ र एलपी ग्यासको आपूर्ति निरन्तर गराइरहेको छ ।
अमेरिकी डलरको भाउ बढ्दा यस्तो छ अन्य विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्यमा वृद्धि भएको छ । आजका लागि अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ११ पैसा र बिक्रीदर १४९ रुपैयाँ ७१ पैसा तोकिएको छ ।...
पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप
कास्की । पोखरा–मुग्लिन सडक स्तरोन्नति आयोजना चौथोपटक म्याद थप गरिएको छ । तेस्रो पटक थपिएको समय सीमा पनि गुज्रिएपछि आयोजनालाई आगामी मङ्सिर १० गतेसम्म अन्तिम समय दिइएको हो ।
मुग्लिन–पोखरा सडक आयोजना पश्चिम खण्डका आयोजना प्रमुख कृष्णबहादुर कुँब...
सुनको मूल्य ह्वात्तै बढ्यो, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा तीन हजार ४०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन लाख पाँच हजार ८०० रुपैयाँ कायम भएको छ। आज १० ग्राम सुनको मूल्य दुई लाख ६२ हज...
सोमबार कुन विदेशी मुद्राको विनिमयदर कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ६४ पैसा र बिक्रीदर १४८ रुपैयाँ २४ पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ५५ प...



