शुक्रबार, ०९ असोज २०८३
नेपाली

विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलर १५३ रुपैयाँ नाघ्यो, कुवेती दिनार झण्डै ५००

Main News Image

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरण अनुसार आज अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ०१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ६१ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ६६ पैसा र बिक्रीदर १७६ रुपैयाँ ३४ पैसा कायम हुँदा युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ ७८ पैसा र बिक्रीदर २०५ रुपैयाँ ५८ पैसा निर्धारण गरिएको छ ।

वैदेशिक रोजगारीका मुख्य गन्तव्य मानिने खाडी मुलुक तथा एसियाली राष्ट्रहरूको विनिमय दरतर्फ साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ७३ पैसा र बिक्रीदर ४० रुपैयाँ ८९ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ९८ पैसा र बिक्रीदर ४२ रुपैयाँ १४ पैसा तथा युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ६६ पैसा र बिक्रीदर ४१ रुपैयाँ ८२ पैसा तोकिएको छ ।

mediabaaji add

सम्बन्धित खबर

नेप्सेमा ४७.२२ अंकको वृद्धि, ७ अर्ब ३ करोडको कारोबार

काठमाडौँ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ४७.२२ अंकले बढेर २६४७.४४ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३३० कम्पनीको १ करोड ४२ लाख ४ हजार ३६२ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ३ करोड माथिको सेयर कारोबार भएको छ...

सुनको मूल्यमा भारी वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनको मूल्यमा भारी वृद्धि भएको छ । सुन तोलामा तीन हजार ५०० र त्यति नै परिमाणको चाँदीको मोलसय रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ५६...

बुधबार कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३८ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैय...

सुन र चाँदीको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज सुन र चाँदीको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेर २ लाख ९१ हजार ३०० रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुन प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा...

सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घटयो

काठमाडौँ । बिहीबार  सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । यसदिन नेप्से परिसूचक १९.६७ अंकले घटेर २६०१.९२ विन्दुमा अडिएको छ । नेप्से परिसूचक घट्दा कारोबार रकम पनि बुधबारको तुलनामा घटेको छ । अघिल्लो कारोबार दिन बुधबार सेयर बजारमा ३०.०९ अंकले...

नेशनल लाईफद्धारा मधेश प्रदेशका सिइओ क्लब सदस्यहरु सम्मानित

काठमाण्डौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले जनकपुर स्थित मिथिला यात्रीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतज्यूको सभापतित्वमा सिइेओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८१÷८२ मा तोकिएको बीमाशुल्क संकलन गरी मधेश प्रदेशबाट...