विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलर र युरोको भाउ कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले भदौ ३१ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले जारी गरेको नयाँ विनिमयदर अनुसार आज अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८४ पैसा कायम भएको छ ।
त्यस्तै, युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ८० पैसा र बिक्रीदर १७७ रुपैयाँ ४९ पैसा तोकिएको छ भने युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपैयाँ ५५ पैसा र बिक्रीदर २०७ रुपैयाँ ३६ पैसा निर्धारण गरिएको छ। स्विस फ्र्यांक एकको खरिददर १८७ रुपैयाँ ३७ पैसा र बिक्रीदर १८८ रुपैयाँ १० पैसा पुगेको छ ।
अन्य एसियाली तथा खाडी मुलुकका मुद्रातर्फ साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ८० पैसा र बिक्रीदर ४० रुपैयाँ ९६ पैसा, कतारी रियाल एकको खरिददर ४२ रुपैयाँ ०४ पैसा र बिक्रीदर ४२ रुपैयाँ २० पैसा तथा युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ७२ पैसा र बिक्रीदर ४१ रुपैयाँ ८९ पैसा कायम भएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
सुन र चाँदीको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । नेपाली बजारमा आज सुन र चाँदीको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेर २ लाख ९१ हजार ३०० रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुन प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा...
ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी परिचालन
काठमाडौँ । खाना पकाउने ग्यासमा कृत्रिम अभाव सिर्जना गरी कालोबजारी भइरहेको सूचनापछि काठमाडौं उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरिएको छ । गृह मन्त्रालय र उद्योग मन्त्रालयको समन्वयमा आइतबार बिहानैदेखि ग्यास डिपो तथा बिक्री क...
नेप्से बढ्यो, १२१ कम्पनीको सेयर मूल्य बढ्दा परिसूचक २५ सय ९७ बिन्दुमा
काठमाडौँ । चालु आर्थिक वर्षको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ । दिनभर उतारचढावमा रहेको बजार कारोबारको अन्तिम समयमा सुधारिएपछि नेप्से ७.५० अंक ०.२८ प्रतिशतले बढेर २ हजार ५९७.८० बिन्दु मा...
चुनाव अघि सेयर बजारमा उच्च वृद्धि, कारोबार रकम ६ अर्ब माथि
काठमाण्डौँ । चुनाव अघि सेयर बजारमा हरियाली देखिएको छ । मंगलबार सेयर बजार परिसुचक ३८.५२ अंकले बढेर २७१२.४९ विन्दुमा पुगेको हो । यो अघिल्लो कारोबार भन्दा १.४४ प्रतिशतले धेरै हो । आज सेयर बजारमा २५४ कम्पनीको सेयर मूल्य बढेको छ भने ६ कम्पनीको घटेको छ...
शनिबार कुन विदेशी विनिमयदर कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ०७ पैसा र बिक्रीदर १४८ रुपैयाँ ६७ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ४४ पैसा र...
एनआईशी एशिया बैंकका अध्यक्ष तुल्सीराम अग्रवालले दिए राजीनामा
काठमाडौँ । एनआईशी एशिया बैंकका अध्यक्ष तुल्सीराम अग्रवालले राजीनामा दिएका छन् । आइतबार बसेको सञ्चालक समितिको बैठकमा अग्रवालले राजीनामापत्र बुझाएका हुन् । उनको राजीनामा सोही बैठकबाट स्वीकृत गरिएको बैंकले जानकारी दिएको छ । कुनै समय आक्रामक बैंकिङको...



