विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलर महँगियो, युरो र पाउन्ड घट्यो
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राहरूको नयाँ विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार अघिल्लो दिन ९बिहीबार० को तुलनामा आज अमेरिकी डलरको भाउ उकालो लागेको छ भने युरो र पाउन्ड स्ट्रलिङसहित अन्य प्रमुख विदेशी मुद्राको मूल्य लगातार दोस्रो दिन ओरालो लागेको छ ।
निर्धारित विनिमयदरअनुसार आज अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ६१ पैसा र बिक्रीदर १५० रुपैयाँ ७८ पैसा कायम भएको छ । हिजो बिहीबार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ १८ पैसा र बिक्रीदर १५० रुपैयाँ २१ पैसा रहेको थियो । नोट प्राप्त तथ्याङ्कअनुसार बिक्रीदरमा वृद्धि देखिएको छ भने खरिददरमा केही हेरफेर भएको छ।
त्यसैगरी, युरोपेली युरोको मूल्य लगातार दोस्रो दिन घटेको छ । आज युरो एकको खरिददर १६६ रुपैयाँ ६० पैसा र बिक्रीदर १६७ रुपैयाँ २७ पैसा तोकिएको छ । अघिल्लो दिन बिहीबार युरो एकको खरिददर १६६ रुपैयाँ ६४ पैसा र बिक्रीदर १६७ रुपैयाँ ३० पैसामा कारोबार भएको थियो।
एक्सप्रेस
सम्बन्धित खबर
करदाता लट्रीबाट ३३ जना पुरस्कृत, दुई जनालाई १०-१० लाख
कठमाडौँ । सरकारले भदौ महिनाभर सामान तथा सेवा खरिद गर्दा अनिवार्य रूपमा बिजक ९बिल० लिने करदाताहरूलाई प्रोत्साहन गर्न सञ्चालन गरेको लट्री प्रणालीमार्फत ३३ जनालाई पुरस्कारका लागि छनोट गरेको छ । छनोटमा परेकामध्ये दुई जना भाग्यशाली उपभोक्ताले प्रतिव्यक...
बिजुलीमा भ्याट साउन १ देखि मात्रै लागू हुने
काठमाडौँ । सरकारले विद्युत् सेवामा लगाएको मूल्य अभिवृद्धि कर भ्याट साउन १ गतेदेखि मात्रै कार्यान्वयन हुने स्पष्ट पारेको छ । आन्तरिक राजस्व विभागले असार महिनामा खपत भएको बिजुलीको बिल साउनमा जारी भए पनि त्यसमा भ्याट नलाग्ने जनाएको हो ।
नेपाल व...
सुनको मूल्यमा गिरावट, सोमबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा एक हजार ९०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ४२ हजार ७०० रुपैयाँ कायम भएको छ ।
पुँजी बजार ४५ अकंले बढ्योः बैंक तथा वित्तीय क्षेत्रमा चमक !
काठमाडौँ । शेयर बजारमा लगातार उतार–चढाव जारी रहेको छ । मंगलबार बजार झिनो अंकले घटेपनि बुधबार सुधार देखिएको छ । आज बढेपनि हालको उतार चढाब विशेष गरी सम्पत्ति शुद्धीकरण सम्बन्धी कडाइको असर मानिएको छ ।
अवैध लगानी नियन्त्रणका लागि ल्याइएका नीतिह...
सुनको मूल्यमा गिरावट, मंगलबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट देखिएको छ । सुन आज तोलामा तीन हजार ८०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ३९ हजार ५०० रुपैयाँ कायम भएको छ । य...
एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु
काठमाडौँ । एनएमबि बैंक लिमिटेडले व्यक्तिगत तथा विभिन्न संघ–संस्थाहरूका लागि पुराना (सेकेन्ड–ह्यान्ड) विद्युतीय सवारी साधन खरिद गर्न सहज बनाउने उद्देश्यले सेकेन्ड–ह्यान्ड इभी कर्जा सुविधा सुरु गरेको छ । दिगो बैंकिङलाई प्राथमिकता दिँदै आएको बैंकको य...



