सोमबार, ०९ कात्तिक २०८३
नेपाली

रसुवा–भोटेकोशी बाढी प्रभावित क्षेत्रको अध्ययन गर्न रिसोर्स एन्ड निड म्यापिङ टिम गठन

Main News Image

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणअन्तर्गत मनसुन प्रतिकार्य कमान्ड पोस्टले रसुवा–भोटेकोशी बाढी प्रभावित क्षेत्रमा हुने अध्ययन तथा अनुसन्धानलाई एकरुपता दिन विशेष टोली गठन गरेको छ । कमान्ड पोस्टको आज बसेको १६ औँ बैठकले प्राधिकरणका सहसचिव प्राविधिकको संयोजकत्वमा रिसोर्स एन्ड निड म्यापिङ टिम गठन गर्ने निर्णय गरेको हो । 

यस टोलीमा विभिन्न सरोकारवाला मन्त्रालय तथा विभागका प्रतिनिधिहरू पनि संलग्न रहनेछन् । बाढी प्रभावित क्षेत्रमा भइरहेका विभिन्न अध्ययन अनुसन्धानका कार्यहरूलाई थप व्यवस्थित, प्रभावकारी र एकरुपता कायम गर्न यो टोली गठन गरिएको प्राधिकरणले जनाएको छ । 


mediabaaji add

सम्बन्धित खबर

मनसुन थप प्रदेशमा विस्तार हुँदै

काठमाडौँ ।  नेपालमा मनसुनी वायु क्रमशः देशभर विस्तार हुने क्रममा रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्रका साथै गण्डकी र लुम्बिनी प्रदेशको पूर्वी भेगमा मनसुनको प्रभाव परिसकेको छ भने...