पूर्वअर्थमन्त्री पाण्डेको निधन
काठमाडौँ । नागरिक आन्दोलनका अगुवा तथा पूर्वअर्थमन्त्री डा। देवेन्द्रराज पाण्डेको निधन भएको छ । ८७ वर्षका पाण्डेको शुक्रबार राति काठमाडौं विशालनगरस्थित निवासमा निधन भएको हो ।
स्वर्गीय पाण्डेको आज बिहान ११ बजे पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने बताइएको छ । तीन महिनाअघि क्यान्सर देखिएका पाण्डे घरमै उपचाररत थिए । वि।सं। २०४६ सालको आन्दोलनपछि गठित काँग्रेसका कार्यवाहक सभापति कृष्णप्रसाद भट्टराईको नेतृत्वमा गठित अन्तरिम सरकारमा उनी अर्थमन्त्री थिए । स्वर्गीय पाण्डे, सुशासन, लोकतन्त्र, विकास र उत्तरदायी राज्य व्यवस्थाका पक्षधर थिए ।
एक्सप्रेस
सम्बन्धित खबर
निर्वाचन आयोगले पायो ६ अर्ब ७३ करोड रूपैयाँ
काठमाडौँ । अर्थ मन्त्रालयले प्रतिनिधिसभा निर्वाचनका लागि स्वीकृत बजेटलाई परिमार्जन गरेर वृद्धि गरेको छ । आयोगले निर्वाचनका लागि ७ अर्ब ८१ करोड रुपैयाँ बजेट माग गरेको थियो, तर अर्थ मन्त्रालयले यसमा लगभग ४० प्रतिशत कटौती गर्दै ४ अर्ब ९६ करोड मात्र स...
उच्च क्षमताका प्रसारण लाइन निर्माणमा सरकारको प्राथमिकता
काठमाडौँ । सरकारले उत्पादित बिजुलीलाई प्रमुख लोड सेन्टरहरुसम्म पुर्याउन, बढी भएको बिजुली क्षेत्रीय तथा उपक्षेत्रीय स्तरमा बिक्री वितरणका लागि उच्च क्षमताका प्रसारण लाइन निर्माण गर्ने समयसीमा सार्वजनिक गरेको छ ।
प्रसारण लाइन निर्माणमा देखिएक...
राष्ट्रिय वाणिज्य बैंकको सिइओमा देवेन्द्ररमण खनाल नियुक्त
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत सिइओमा देवेन्द्ररमण खनाल नियुक्त भएका छन् । यसअघि राष्ट्रिय वाणिज्य बैंकमै सिइओका रूपमा कार्यरत खनाललाई बैंक सञ्चालक समितिले बिहीबार दोश्रो कार्यकालका लागि पुनस् सिइओ नियुक्त गरेको...



