इरानको सर्वोच्च सुरक्षा प्रमुखमा पूर्व आईआरजीसी कमाण्डर मोहसेन रेजाई नियुक्त
काठमाण्डौँ । इरानका सर्वोच्च नेता मुजतवा खामेनीले पूर्व आईआरजीसी प्रमुख मोहसेन रेजाईलाई देशको सर्वोच्च सुरक्षा पद ‘सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्’ को सचिवमा नियुक्त गरेका छन् । यस पदमा नियुक्त भएसँगै रेजाईले परिषद्मा खामेनीको प्रतिनिधिका रूपमा समेत काम गर्नेछन् ।
यसअघि यो पद अलि लारीजानीले सम्हालेका थिए, जसको गत मार्चमा अमेरिकी–इजरायली आक्रमणमा हत्या भएको थियो । लारीजानीपछि मोहम्मद बाकिर जुल्कादरले यो जिम्मेवारी सम्हाल्दै आएका थिए । नवनियुक्त रेजाई इरानको ‘इस्लामिक रिभोलुसनरी गार्ड क्रप्सु आईआरजीसीका पूर्व प्रमुख हुन् । उनी इरानको ‘एक्स्पेडियन्सी डिस्सर्नमेन्ट काउन्सिल’ का सदस्य समेत हुन्, जसले संसद् र गार्डियन काउन्सिलबिचको विवाद समाधान गर्ने गर्दछ ।
एक्सप्रेस
सम्बन्धित खबर
हर्मुज जलघाँटीमा अमेरिकी भूमिकाप्रति इरानको आपत्ति
तेहरान । इरानले पर्सियन खाडी र हर्मुज जलघाँटीको सुरक्षा व्यवस्थामा अमेरिकी नेतृत्व वा हस्तक्षेप स्वीकार्य नभएको स्पष्ट पारेको छ । इरानले क्षेत्रीय सुरक्षा बाह्य सैन्य गठबन्धनबाट नभई त्यही क्षेत्रका सम्बन्धित देशहरू मिलेर नै सुनिश्चित गर्नुपर्ने आफ...
हङकङमा नेपाली अल्ट्रा ट्रेल रनिङ संघ (HKNUTRA) को आयोजनामा दौड प्रतियोगिता सम्पन्न !
मिडियाबाजी डटकम काठमाडौँ। हङकङ नेपाली अल्ट्रा ट्रेल रनिङ संघ (HKNUTRA) को आयोजनामा २२ तारिख आइतबार टाइमोसन कन्ट्री पार्कमा अल्ट्राट्रेल रनिङ सम्पन्न भएको छ । विभिन्न देशका १७६ जना धावकहरूको प्रतिस्पर्धा रहेको दौड प्रतियोगितामा ५० किलोमिटर...
अमेरिकासँग अन्तिम सम्झौताका लागि वार्ता अझै सुरु नभएको इरानको दाबी
काठमाण्डौँ । इरानले आफ्नो आणविक कार्यक्रमसहित अमेरिकासँग हुने अन्तिम शान्ति सम्झौता सम्बन्धी औपचारिक वार्ता अझै सुरु नभएको दाबी गरेको छ । इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले सरकारी प्रसारक आईआरआईबीसँग कुरा गर्दै अन्तिम सम्झौताका लागि...
इरान युद्ध लम्बिँदा आर्थिक वृद्धिदर २ प्रतिशतभन्दा तल झर्न सक्ने आईएमएफको चेतावनी
काठमाडौँ । अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफले इरान युद्ध लामो समयसम्म जारी रहँदा र ऊर्जा मूल्य उच्च भइरहेमा विश्व अर्थतन्त्र मन्दीतर्फ धकेलिन सक्ने चेतावनी दिएको छ । आईएमएफको ‘वर्ल्ड इकोनोमिक आउटलुक’ प्रतिवेदनअनुसार युद्धले विश्व अर्थतन्त्रमा पुन...
शारजाहबाट कराँची उडेको पाकिस्तानी कार्गो विमान सम्पर्कविहीन
काठमाडौँ । संयुक्त अरब इमिरेट्स यूएईको शारजाहबाट पाकिस्तानको कराँचीका लागि उडेको पाकिस्तान के–टू एयरवेजको कार्गो विमान सम्पर्कविहीन भएको छ। विमानसँग सम्पर्क टुटेपछि पाकिस्तानी नौसेना, वायुसेना तथा अन्य सम्बन्धित निकायले खोजी तथा उद्धार अभिया...
बाढीपीडितका लागि पाकिस्तानले पठायो १०० टन मानवीय सहायता
काठमाडौँ । पाकिस्तानले नेपालका बाढी पीडितहरूका लागि १०० टन मानवीय सहायता पठाएको छ । पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण एनडीएमएले पठाएको राहत सामाग्री आइतबार राति काठमाडौं आइपुगेको हो ।
आइतबार राति नै ती सामाग्री त्रिभुवन अन्तर्...


