कोशी र तराईमा तनाव बढेपछि पूर्वराजा ज्ञानेन्द्र शाहको गम्भीर चिन्ता : जारी गरे सद्भाव र एकताको विशेष सन्देश
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले सुनसरीमा भएको हिंसात्मक घटनाप्रति दुःख व्यक्त गर्दै सामाजिक सद्भाव, एकता र आपसी सहिष्णुता कायम राख्न सबै नेपालीलाई आग्रह गरेका छन् ।
बिहीबारजारी गरेको सन्देशमा उनले सुनसरीका केही गाउँबस्तीमा भएको द्वन्द्व र विवादका कारण जनधनको क्षति भएको तथा त्यसको प्रभाव कोशी क्षेत्र र तराईका अन्य भूभागसम्म फैलिएकोप्रति चिन्ता व्यक्त गरेका हुन् ।
पूर्वराजा शाहले नेपाल विभिन्न समुदायबीचको सामाजिक सद्भाव र सहअस्तित्वका लागि परिचित देश भएको उल्लेख गर्दै यस्ता अवाञ्छित घटना मुलुकको मौलिक मूल्य र मान्यताविपरीत रहेको बताएका छन् । उनले देशका सबै समुदायलाई आपसी समझदारी, संयम र एकता कायम राख्दै शान्तिपूर्ण वातावरण निर्माणमा योगदान दिन आग्रह गरेका छन् ।
एक्सप्रेस
सम्बन्धित खबर
आज यी दुई प्रदेशको हिमाली भूभागमा हल्का वर्षासहित हिमपातको सम्भावना
काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा...
विश्वभर २५७० औं बुद्ध जयन्ती मनाइँदै : शान्तिका अग्रदूत गौतम बुद्धको स्मरण
काठमाडौँ । ‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’ भन्ने कालजयी सन्देशका वाहक, शान्तिका अग्रदूत गौतम बुद्धको २५७०औं जयन्ती आज देशभर विविध कार्यक्रम गरी मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने यो पर्वलाई बौद्ध धर्मावलम्बीहरूले...
तिहारको मुख्य दिन आज भाइटीका : टीकाको उत्तम साइत बिहान ११ः३९ बजे
काठमाडौँ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको छैटौँ दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । आजको दिनलाई यमद्वितीया पनि भनिन्छ। यमपञ्चकसमेत भनिने तिहार पाँच दिनको हुने भए पनि यस वर्ष तिथि...
माग सम्बोधन भएपछि प्रेस काउन्सिलका कर्मचारीको आन्दोलन स्थगित
काठमाडौँ । महँगी भत्ता उपलब्ध गराउने विषयमा कर्मचारीहरूले थालेको आन्दोलनपछि अवरुद्ध भएको प्रेस काउन्सिल नेपालको सेवा कर्मचारीको माग सम्बोधन भएसँगै पुनः सुचारु भएको छ ।
नेपाल सरकारको नियमानुसार स्थायी कर्मचारीहरूले पाउँदै आएको अनिवार्य दायित्...
लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु
लमजुङ । लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । गए राति मस्र्याङ्दी गाउँपालिका ३ खुदिबाट सोही पालिका ६ नाइचेमा हिडिखोला हाइड्रोपावरको लागि सिमेन्ट लिएर जाँदै गरेको बा ८ च ३७३१ नम्बरको बोलेरो जिप दुर्घटना ह...
सडक दुर्घटनामा एक जनाको मृत्यु, चार घाइते
चितवन । स्थानीय गीतानगरमा आज बिहान भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार अटोरिक्सामा सवार माडी नगरपालिका–७ का ४४ वर्षीय मीनबहादुर खत्रीको च...



