पूर्व प्रधानमन्त्री नेपाल अस्पताल भर्ना
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन् । मुटुको समस्या देखिएपछि बिहीबार उनलाई महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिस भाष्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ । उनलाई क्याबिनमा राखेर उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ ।
उनको स्वास्थ्य अवस्था बुझ्न पार्टीका संयोजक एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत नेताहरू अस्पताल पुग्नुभएको छ । उहाँ ७२ वर्षको हुनुहुन्छ ।
एक्सप्रेस
सम्बन्धित खबर
विश्व क्षयरोग दिवसः जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै
काठमाडौँ । ‘हो, हामी क्षयरोग अन्त्य गर्छौं, राष्ट्रिय अभियान, हाम्रो योगदान’ भन्ने नाराका साथ आज विश्व क्षयरोग दिवस मनाइँदैछ । क्षयरोग नियन्त्रणका लागि सचेतना फैलाउने उद्देश्यका साथ हरेक वर्षको मार्च २४ तारिखमा यो दिवस मनाउने गरिन्छ ।
...
झन् बढ्यो काठमाडौँमा प्रदूषण
काठमाडौँ । काठमाडौँ उपत्यकाको वायु प्रदूषण बढ्न थालेको छ । पछिल्ला केही दिनयता मौसम धुम्मिदै जाँदा वायु प्रदूषण पनि बढ्न थालको हो । वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले लामो समयसम्म वर्षा नहुनु, हावा नचल्नुलगायत कारणले मौसम धुम्मिएको बताउ...
कात्तिक १७ र १८ गते २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने
काठमाडौँ । सरकारले आगामी कात्तिक १७ र १८ गते देशभरका करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउने भएको छ। सोही अवधिमा करिब २० लाख बालबालिकालाई जुकाको औषधिसमेत खुवाइनेछ । सरकारले नियमित रूपमा पहिलो चरणमा कात्तिक २ र ३ गते सञ्चालन गर्दै आए...
श्रम शोषणविरुद्ध डाक्टर सडकमा
काठमाडौँ । युवा तथा प्रशिक्षार्थी चिकित्सकहरूले श्रम शोषणको अन्त्य, उचित पारिश्रमिक तथा सम्मानजनक कार्य वातावरणको माग गर्दै काठमाडौंमा प्रदर्शन गरेका छन् ।
प्रदर्शनका क्रममा उनीहरूले ‘युवा तथा प्रशिक्षार्थी चिकित्सकको श्रम शोषण बन्द गरौँ’, ‘...



