पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पितृशोक
काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी प्रलोपाका संरक्षक डा बाबुराम भट्टराईलाई पितृशोक परेको छ । भट्टराईका बुबा भोजप्रसाद भट्टराईको ९७ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको छ ।
निकटस्रोतका अनुसार उनको स्वास्थ्य केही दिनयता जटिल बनेको थियो। त्यसपछि बाँसबारीस्थित न्युरो हस्पिटलमा उपचारका लागि राखिएको थियो। जहाँ उनको निधन भएको हो । स्वर्गीय भट्टराईको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताएको छ । स्वर्गीय भट्टराईका २ छोरा २ छोरी छन्। छोराहरू बाबुराम भट्टराई, शिवप्रसाद भट्टराई र छोरीहरूमा पार्वती भट्टराई र थीरकुमारी भट्टराई हुन् ।
एक्सप्रेस
सम्बन्धित खबर
कक्षा ११ र १२ को छात्रवृत्तिका लागि पुनः आवेदन खुला
काठमाडौँ । शैक्षिकसत्र २०८३र८४ मा कक्षा ११ र १२ को छात्रवृत्तिका पुनः आवेदन दिन काठमाडौँ महानगरपालिकाले सूचना जारी गरेको छ । महानगरपालिकाको छात्रवृत्ति कार्यक्रमको पहिलो र दोस्रो सूचीमा मनोनयनमा नपरेका र अन्तिम मनोनयन र्यापअपमा समावेश हुन चाने पर...



