नेपाल साहित्यिक पत्रकार सङ्घको २०औँ वार्षिकोत्सवमा संस्थापक अध्यक्ष सिलवाल,राई र सुमीलाई सम्मान समर्पण !
काठमाडौँ । नेपाल साहित्यिक पत्रकार सङ्घ केन्द्रीय समितिले आफ्नो २०ओैँ वार्षिकोत्सव राष्ट्रिय साहित्यिक पत्रकारिता दिवस,राष्ट्रिय साहित्यिक पत्रकारिता सम्मान तथा अन्तरक्रिया नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ कक्षमा आयोजना गरी सम्पन्न गरेको छ । प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव तथा वरिष्ठ साहित्यकार डा तुलसीप्रसाद भट्टराई र सङ्घका अध्यक्ष मोहन दुवालले पानसमा बत्ती बालेर कार्यक्रमको समुद्घाटन गर्नुभएको हो ।
प्रमुख अतिथि भट्टराईले सङ्घका संस्थापक अध्यक्ष नकुल सिलवाललाई मरोणोपरान्त राष्ट्रिय साहित्यिक पत्रकारिता सम्मान २०८३द्वारा सम्मानित गर्नुभयो । कार्यक्रममा कीर्तिशेष श्रीमान् नकुल सिलवाल प्रति समर्पित कविता वाचनसहित उक्त सम्मान जीवनसङ्गीनी सुनिता सिलवालले ग्रहण गर्नुभयो।२०१९ सालमा सिन्धुपाल्चोकमा जन्मिएका सिलवाल २०७३ सालमा कीर्तिशेष हुनुभएको हो । नेपाली साहित्यिक पत्रकारितामा सिलवालद्वारा सम्पादित बगर रनदी उत्कृष्ट साहित्यिक पत्रिकाका रूपमा परिचित छन् । नेपाल साहित्यिक पत्रकार सङ्घका संस्थापक अध्यक्ष सिलवाल साहित्य गुठीको संयोजक र बगर फाउन्डेसनको अध्यक्ष समेत हुनुभयो।दर्जन साहित्यिक कृतिका सर्जक सिलवालले विभिन्न पुरस्कार र सम्मानसमेत स्थापना गर्नुभएको हो।
नेपाल साहित्यिक पत्रकार सङ्घ नुवाकोट शाखाका संस्थापक अध्यक्ष तथा सङ्गम साहित्यिक पत्रिकाका सम्पादक सुमित्रा सुमीलाई राष्ट्रिय साहित्यिक पत्रकारिता सम्मान २०८३, र मातृभाषा साहित्यिक पत्रकारिताका अभियन्ता तथा बान्तावा राईभाषाको साहित्यिक पत्रिका बुङ्वाखाका सम्पादक पदमकुमार राईलाई राष्ट्रिय मातृभाषा साहित्यिक पत्रकारिता सम्मान २०८३ प्रमुख अतिथि भट्टराईले समर्पण गर्नुभयो। साथै,सङ्घका अध्यक्ष मोहन दुवालले सम्मानित साहित्यिक पत्रकारलाई दोसल्ला ओढाएर सम्मान प्रकट गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि भट्टराईले साहित्यिक पत्रपत्रिकाको इतिहासलाई जीवन्त राख्दै प्रविधिमैत्री इसाहित्यिक पत्रकारिताको प्रभावसँगै अघि बढ्न जोड दिनुभयो। विशिष्ट अतिथि ,समालोचक तथा अनुसन्धाता कृष्ण प्रधानले छापा साहित्यिक पत्रकारिताको इतिहास,महत्त्व र आरोहअवरोहबारे मनतव्य प्रस्तुत गर्नुभयो । त्यस्तै , इसाहित्यिक पत्रकारिताको इतिहास ,वर्तमान आवश्यकता र ओैचित्यबारे साहित्य पोस्टका सम्पादक अश्विनी कोइरालाले प्रष्ट पार्नुभयो । सम्मानित व्यक्तित्वहरू सिलवालका बारेमा सङ्घका उपमहासचिव नवराज रिजाल,सुमित्रा सुमीका बारेमा सङ्घका कोषाध्यक्ष सूर्यप्रसाद लाकोजू र पदमकुमार राईका बारेमा सङ्घका सचिवालय सदस्य गणेश राईले उजागर गर्नुभयो।
सङ्घका अध्यक्ष मोहन दुवालले छापा र इ(साहित्यिक पत्रकारितालाई समेटेको बताउँदै आगामी दिनमा झन् प्रभावकारी योजनाका साथ अघि बढ्ने बताउनुभयो । यसैगरी,सङ्घका उपाध्यक्ष रामप्रसाद पन्तले स्वागत मनतव्य ,केन्द्रीय सदस्य यादव भट्टराई र पूर्व उपसचिव केदारकुमार सिलवालले आआफ्नो मनतव्य राख्नुभयो । यसैगरी केन्द्रीय सदस्य अध्यापक डा।शैलेन्दुप्रकाश नेपालले धन्यवाद ज्ञापन गर्नुका साथै कार्यक्रमको उद्घोषण महासचिव चेतनाथ धमलाले गर्नुभयो।
एक्सप्रेस
सम्बन्धित खबर
प्रज्ञा-प्रतिष्ठानमा पुरानादेखि नयाँ सम्मका पुस्तक प्रदर्शनी
मिडियाबाजी काठमाडौँ ।२०८२ पुस १४ गते आइतबार ।"सबै भाषा,सबै ज्ञान,सबैको प्रज्ञा-प्रतिष्ठान"भन्ने उद्घोषसहित नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले प्रतिष्ठानको भानुभक्त कक्षमा पुस्तक प्रदर्शनीको समुद्घाटन रातो रिबन काटेर गर्नुभएको थियोे।...
तीन साहित्यकारलाई ‘मधुपर्क सम्मान’को घोषणा
काठमाडौँ । गोरखापत्र संस्थानको मासिक प्रकाशन साहित्यिक पत्रिका मधुपर्कले हरेक वर्ष प्रदान गर्दै आएको ‘मधुपर्क सम्मान’को घोषणा गरिएको छ । यस वर्षको ‘मधुपर्क सम्मान’ पद्यतर्फ अग्रज कवि एवं गीतकार यादव खरेललाई र गद्यतर्फ कथाकार भाउपन्थीलाई प्रदान गर्...
पत्रकार ज्ञानमणि नेपाल कालोटोपीको पहिलो सम्पादित कृतिको लोकार्पण
काठमाण्डौँ । वरिष्ठ पत्रकार ज्ञानमणि नेपाल कालोटोपीको सम्पादनमा प्रकाशित पहिलो पुस्तक डा. सत्यमोहन जोशी, डा. इन्दुल केसी र दुई थुँगा फूल’ शनिबार एक विशेष समारोहबीच सार्वजनिक गरिएको छ ।
शब्दयात्रा प्रकाशनले बनेपास्थित आफ्नै सभाहलमा आयोजना गरे...



