हात्तीपाइले फैलिएपछि चार लाखलाई औषधि खुवाइँदै
सर्लाही । सर्लाही जिल्लाका १२ ओटा स्थानीय तहमा हात्तीपाइले ९फाइलेरिया० रोग पुनः फैलिएको पुष्टि भएपछि स्वास्थ्य निकायले व्यापक औषधि खुवाउने अभियान शुरू गरेको छ । जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीका अनुसार जोखिम देखिएका पालिकामा विशेष निगरानीसहित औषधि सेवन गराउने तयारी गरिएको हो ।
विश्व स्वास्थ्य सङ्गठन र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गत असोज महिनामा सर्लाहीका २० ओटै पालिकामा नमूना सङ्कलन गरी परीक्षण गरेको थियो । परीक्षणपछि जिल्लाको दक्षिणी क्षेत्रका १२ पालिकामा हात्तीपाइलेको सङ्क्रमण अझै सक्रिय अवस्थामा रहेको देखिएपछि औषधि खुवाउने निर्णय गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
बलरा नगरपालिका, रामनगर गाउँपालिका, धन्कौल गाउँपालिका, बसवरिया गाउँपालिका, चक्रघट्ट गाउँपालिका, गोडैता नगरपालिका, विष्णु गाउँपालिका, कौडेना गाउँपालिका, मलङ्गवा नगरपालिका, ब्रह्मपुरी गाउँपालिका, पर्सा गाउँपालिका र हरिपुर्वा नगरपालिकामा गरिएको परीक्षणका क्रममा ३०० नमूनामध्ये २८ जनामा सङ्क्रमण देखिएको थियो ।
तीमध्ये पनि राति सङ्कलन गरिएको नमूनामा पाँच जना सक्रिय सङ्क्रमित भेटिएका थिए। जिल्लाका उत्तरी भेगका बाँकी आठ पालिकामा भने रोग फैलिने क्रम नियन्त्रणमा आएको छ। अभियानअन्तर्गत शुरूमा स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयम्सेविकालाई तालिम दिइनेछ । त्यसपछि उनीहरू घरघरमै पुगेर औषधि खुवाउनेछन्। मलङ्गवा नगरपालिकामा माघ ८ गतेदेखि औषधि खुवाउन शुरू भइसकेको र अन्य पालिकामा तालिम जारी रहेको जनाइएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
बर्डफ्लु पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
काठमाडौँ । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना परिसरभित्र रहेका केही जीवजन्तुमा बर्डफ्लु संक्रमण पुष्टि भएपछि चिडियाखाना अनिश्चितकालका लागि बन्द गरिएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषको व्यवस्थापनमा सञ्चालन हुँदै आएको सदर चिडियाखानाले स...
वीर अस्पतालमा एमआरलाई प्रवेश निषेध
काठमाडौँ । वीर अस्पतालले चिकित्सकले बिरामीलाई औषधि सिफारिस गर्दा कुनै निश्चित कम्पनी वा ‘ब्रान्ड’ तोकी नलेख्न निर्देशन गरेको छ । अस्पतालका कार्यकारी निर्देशक प्राडा दिलीप शर्माले चिकित्सकले बिरामीलाई औषधि तथा सर्जिकल सामग्रीको सिफारिस गर्दा कुनै न...
अस्पतालमा जथाभावी भिडियो खिच्न र होहल्ला नगर्न स्वास्थ्य मन्त्रालयलको निर्देशन
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल तथा स्वास्थ्य संस्थाभित्र हातपात, तोडफोड, ताताबन्दी र अन्य कानुनविपरीत गतिविधि नगर्न निर्देशन दिएको छ । बुधबार जारी विज्ञप्तिमा मन्त्रालयले पछिल्लो समय केही व्यक्तिहरूले अनुमति बिना अस्पताल पर...
डेङ्गी सङ्क्रमणको ग्राफ घट्यो, जोखिम घटेन
कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा डेङ्गी सङ्क्रमणको जोखिम अझै चुनौतीपूर्ण देखिएको छ । स्वास्थ्य निर्देशनालय दिपायलको तथ्याङ्क अनुसार विगत तीन आर्थिक वर्षमा प्रदेशभर डेङ्गीबाट सङ्क्रमित हुनेको सङ्ख्या सात हजार ६८३ रहेको...
वरिष्ठ सौन्दर्यविद् महराद्वारा स्पार्कल ब्यूटी एण्ड एकेडेमीको उद्घाटन
काठमाडौँ । नारायणी कम्पलेस कालिमाटीमा स्पार्कल ब्यूटी एण्ड एकेडेमी सञ्चालनमा आएको छ ।
वरिष्ठ सौन्दर्यविद् तथा फेसियल हाउसकी प्रबन्ध निर्देशक सुष्मा महराले शनिबार एक कार्यक्रमका बीच स्पार्कल ब्यूटी एण्ड एकेडेमी उद्घाटन गरेकी...
सरकारले भन्यो निपाह भाइरसबाट सचेत र सजग रहनुस्
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारले भन्यो निपाह भाइरसबाट सचेत र सजग रहन अनुरोध गरेको छ । नागरिकको स्वास्थ्य सुरक्षाका लागि पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पार्दै आफुपनि यो भाइरस देखि जोगिन भनेको हो ।
मन्त्रालयले त्यसका...



