लागूऔषध नियन्त्रणदेखि बाढीमा उद्धारसम्म — प्रहरी निरीक्षक यादव बने ‘बेस्ट पुलिस अफ द मन्थ’
काठमाण्डौँ । काभ्रेपलाञ्चोकमा कार्यरत प्रहरी निरीक्षक श्यामसुन्दर यादवलाई उत्कृष्ट कार्यसम्पादनका आधारमा “बेस्ट पुलिस अफ द मन्थ” घोषणा गरिएको छ । लागूऔषध नियन्त्रण अभियानमा सक्रिय भूमिका खेल्दै उनले धुलिखेल–११ बाट करिब १८ केजी गाँजा बरामद गर्न सफलता पाएका थिए ।
यस्तै, बनेपाको चौकीडाँडामा रोशी खोलाको बाढीमा फसेका यात्रुहरूको जोखिमपूर्ण उद्धारमा समेत उनले नेतृत्व गरेका थिए । प्रहरी संगठनले उनको साहस, सक्रियता र जिम्मेवारीपूर्ण भूमिकाको कदर गर्दै वैशाख महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेको हो ।
एक्सप्रेस
सम्बन्धित खबर
काठमाडौंमा श्रृंखलावद्ध चोरी गर्नेलाई प्रहरीले गोली हानेर समात्यो
काठमाडौँ । काठमाडौं महानगरपालिका-६, बौद्ध टुसालस्थित रिन्जी लामाको घरबाट करिब १ करोड ४ लाख ५३ हजार रुपैयाँ बराबरको ६५ तोला सुन तथा चाँदीका गहना चोरी गर्ने व्यक्तिलाई प्रहरीले गोली प्रहार गरेर पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी...
जेनजी आन्दोलनमा प्रहरी कार्यालयमा आगजनी र प्रहरीमाथि कुटपिट : थप दुई आरोपी पक्राउ
काठमाडौँ । जेनजी आन्दोलनको क्रममा प्रहरी प्रभाग साँखुमा आगजनी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरको मकवानपुरगढी गाउँपालिका– ३ घर भई हाल काठमाडौंको शंखरापुर नगरपालिका– ७ बस्ने ४३ वर्षीय प्रल्हाद दाहाल र शंखरा...



