वैशाख १८ देखि काठमाडौंभरका सुकुम्वासी बस्तीमा डोजर चल्ने
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले नदी किनारका अनधिकृत, जोखिमपूर्ण बस्तीहरू तत्काल खाली गर्न सूचना उर्दी जारी गरेको छ । वैशाख १८ गते बिहान ७ बजे काठमाडौँका विभिन्न स्थानबाट त्यस्ता बस्ती खाली गर्ने चेतावनी दिँदै प्रशासनले भोलि १७ गते भित्र घरटहरा खाली गर्न निर्देशन दिएको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौं जिल्ला भित्रका विभिन्न नदी किनारामा रहेका अनधिकृत र जोखिमपूर्ण बस्तीहरू खाली गर्ने तयारी पूरा गरेको जनाएको छ । प्रशासनले एक सूचना जारी गर्दै आगामी वैशाख १८ गते बिहान ७स्०० बजेदेखि यस्ता बस्तीहरू हटाउने कार्य एकैसाथ सुरु हुने जानकारी दिएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
काठमाडौं महानगरपालिकाले भन्यो : नदीको दायाँबायाँमा लगाएको निर्माणको प्रतिबन्ध हट्यो
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रभित्र नदीको दायाँ बायाँ भवन निर्माण अनुमतिमा यसअघि लगाइएको प्रतिबन्ध हटाएको छ । महानगरपालिकाले आज सूचना जारी गर्दै सर्वोच्च अदालतको आदेशअनुसार नदीको दायाँ बायाँ भवन निर्माण गर्न अनुमति दिइएको जनाएको...
बल्खु क्षेत्रको सुकुमबासी बस्तीमा चल्यो डोजर
काठमाडौँ । सरकारले बल्खु क्षेत्रको सुकुमबासी बस्तीमा डोजर चलाएको छ । आज शुक्रबार सरकारले बागमती करिडोर अन्तर्गत बल्खु क्षेत्रको सुकुमबासी बस्तीमा डोजर चलाएको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार नै सूचना निकालेर बस्ती खाली गर्न बिह...
आज देशभर बादल लाग्ने, मध्यम वर्षारहिमपातको सम्भावना
काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायूको प्रभाव रहेको छ । हाल मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशलगायत बाँकी पहाडी र हिमाली भूभागमा अधिकांश बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानहरूम...
सुदूरपश्चिम र कर्णालीमा भारी वर्षाको सम्भावना, देशभर मौसम बदली
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार आज मुलुकभर साधारणतया मौसम बदली रहनेछ भने सुदूरपश्चिम र लुम्बिनी प्रदेश लगायत देशका हिमाली त...
धोबी खोला करिडोरका पक्की घर भत्काउन थालियो
काठमाडौँ ।। काठमाडौं महानगरपालिका–१० धोबी खोला क्षेत्रमा रहेको देवीनगरमा अतिक्रमण गरी बनाइएका पक्की भवनहरू भत्काउन सुरु गरिएको छ । आजदेखि यहाँ रहेका घरटहरा हटाउन सुरु गरिएको महानगर प्रहरी बलका प्रमुख विष्णु जोशीले जानकारी दिए । उनले भने, ‘उपत्यका...
झापाका दुई उद्योगमा आगलागी
काठमाडौँ । यहाँको बिर्तामोड नगरपालिका–४ मा सञ्चालित दुई उद्योगमा आज बिहान आगलागी भएको छ । आगलागी परी ती उद्योगमा ठूलो परिमाणमा क्षति भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
आज बिहान करिब ४ः१५ बजे भक्त...



