आइतबार, १४ भदौ २०८३
नेपाली

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

Main News Image

काठमाडौँ । सरकारले आज र सोमबार देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै छ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दुई दिन भिटामिन ‘ए’सँगै जुकाको औषधि पनि खुवाउन थालिएको  स्वास्थ्य सेवा विभागको पोषण शाखा प्रमुख लिलाविक्रम थापाले जानकारी दिए । 

उहाँका अनुसार कार्यक्रमअन्तर्गत छ महिनादेखि ५९ महिनाका करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने छ । यस्तै, एक वर्षदेखि पाँच वर्षमुनिका करिब २० लाख बालबालिकालाई जुकाको औषधि ‘अलबेन्डाजोल’ पनि खुवाउन थालिएको छ । त्यसका लागि स्थानीय तहले पायक पर्ने ठाउँमा खोप केन्द्र स्थापना गरेका छन् । कार्यक्रममा करिब ५२ हजार महिला स्वास्थ्य स्वयम्सेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिएका छन् । 

mediabaaji add

सम्बन्धित खबर

डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल, सेती अस्पतालको आईसीयूमा सारियो

धनगढी । धनगढीस्थित श्रीकृष्ण मन्दिरको धर्मशालामा बिहीबारदेखि सत्याग्रह थालेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई सेती प्रादेशिक अस्पतालको आईसीयूमा सारिएको छ ।

उनका स्वास्थ्य सहयोगी डा अमृत जैसीका अनुसार डा केसीको रगतमा सुग...

अझै खुलेन उपत्यकामा बादल, प्रदूषण झन् बढी, बन्यो विश्वकै तेस्रो प्रदूषित सहर

काठमाडौँ । काठमाडौँ उपत्यकामा चार दिनदेखि मौसम खुल्न सकेको छैन । धुम्म मौसमका कारणका चार दिनदेखि घामसमेत लाग्न सकेको छैन । साथै वायु प्रदूषण झन् बढेको छ । पछिल्ला केही दिनयता मौसम धुम्मिदै जाँदा वायु प्रदूषण पनि बढ्न थालको हो । वातावरण विभागका महा...

काठमाडौं उपत्यकामा मंसिरदेखि मासु जाँच अनिवार्य, देशभर चरणबद्ध कार्यान्वयन हुँदै

काठमाडौँ । सरकारले पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ लाई देशभर चरणबद्ध रूपमा कार्यान्वयन गर्ने प्रक्रिया अघि बढाएको छ । उपभोक्तालाई गुणस्तरीय तथा सुरक्षित मासु उपलब्ध गराउने उद्देश्यले सरकारले काठमाडौं उपत्यकाबाट सुरु गरी क्रमशः देशभर ऐन कार्यान्व...

निपाह भाइरस सङ्क्रमण भित्रिन नदिन उच्च सतर्कता

काठमाडौँ । सरकारले भारतको पश्चिम बङ्गालमा देखिएको निपाह भाइरस सङ्क्रमण नेपाल भित्रिन नदिन उच्च सतर्कता अपनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले निपाह सङ्क्रमण नेपालमा भित्रिन नदिन...

नेपालमा वायु प्रदूषणले सीमा नाघ्यो !

काठमाडौँ । नेपालमा वायु प्रदूषण फेरि उच्च बनेको छ । काठमाडौँलगायत देशका विभिन्न भेगमा सुक्खा, खडेरी र डढेलो बढेसँगै वायु प्रदूषण उच्च बनेको हो । मङ्गलबार बिहान मात्र काठमाडौँमा बाहिर निस्केर सास फेर्न नमिल्ने गरी वायुको गुणस्तर अस्वस्थकर रेकर्ड भए...

बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि, सतर्क रहन आग्रह

कञ्चनपुर । कैलाली र कञ्चनपुरका विभिन्न स्थानमा पालिएका बङ्गुरमा ‘अफ्रिकन स्वाइन फिभर’ को सङ्क्रमण पुष्टि भएको छ । केही समयदेखि व्यावसायिक रूपमा पालिएका बङ्गुरमा उच्च ज्वरो आउने, शरीरका विभिन्न भागमा नीलो र रातो धब्बा देखिने तथा अप्रत्याशित रूपमा ब...