मङ्गलबार, १७ कात्तिक २०८३
नेपाली

इन्धनको मूल्य बढेर आयो, तर नेपालमा खुद्रा मूल्य यथावत

Main News Image

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर आए पनि नेपाल आयल निगमले सर्वसाधारणको सुविधालाई ध्यानमा राख्दै खुद्रा बिक्री मूल्य नबढाउने निर्णय गरेको छ । भदौ ३० गते प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलमा प्रति लिटर रु १२.४० र डिजेलमा प्रति लिटर रु ४.६८ ले वृद्धि भएर आएको छ ।

मध्यपूर्वमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा उतारचढाव आइरहेको छ । तथापि, भोटेकोशी क्षेत्रमा आएको असाधारण बाढीका कारण सिर्जित कठिन परिस्थितिलाई मध्यनजर गर्दै निगम सञ्चालक समितिले साविककै मूल्य कायम राख्ने निर्णय गरेको हो । यो निर्णय २०८३ भदौ ३१ गते १६ सेप्टेम्बर २०२६ देखि लागू भएको छ ।

मूल्य समायोजन नगर्दा आयल निगमलाई पाक्षिक रूपमा करिब १ अर्ब ९१ करोड ६९ लाख रुपैयाँ घाटा हुने भएको छ। नयाँ निर्णय अनुसार काठमाडौँ, पोखरा र दिपालय लगायतका क्षेत्रमा पेट्रोल र डिजेल प्रति लिटर २०० रुपैयाँमै बिक्री हुनेछ भने खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर २०६० रुपैयाँ कायम रहनेछ ।


mediabaaji add

सम्बन्धित खबर

कोहलपुरको योयो प्लाइउड उद्योग बन्द, ६ सय बढी मजदुर बेरोजगार

बाँके । बाँकेको कोहलपुर नगरपालिका–१४ स्थित योयो प्लाइउड इण्डष्ट्रिज प्रालि पछिल्लो तीन महिनादेखि बन्द हुँदा त्यहाँ कार्यरत छ सयभन्दा बढी मजदुरहरू रोजगारविहीन हुन पुगेका छन् । ‘अखिल नेपाल औद्योगिक मजदुर सङ्घ...

खाडी मुलुक जाने श्रमिकका लागि हवाइ भाडादरमा छुट

काठमाडौँ । नेपाल वायुसेवा निगमले खाडी मुलुकमा जाने नेपाली श्रमिकका लागि विशेष छुटसहित नयाँ भाडादर लागू गरेको छ। निगमले आज विज्ञप्ती जारी गरी रोजगारीका लागि दमाम, दोहा, दुबई र मलेसियाको क्वालालम्पुर जाने श्रमिकहरूको सहज...

घट्यो सुनको मूल्य, अब प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा २०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख एक हजार ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । आज १० ग्राम सुनको मूल्य दुई लाख ५८ हजार ४९०...