शनिबार, २४ असोज २०८३
नेपाली

भारतबाट इन्धनको भाउ बढेर आयो, नेपालमा तत्काल नबढ्ने

Main News Image

काठमाडौँ । इन्डियन आयल कर्पोरेसन आइओसीले नेपाललाई बिक्री गर्ने पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ । आइओसीले बुधबार नेपाल आयल निगमलाई पठाएको नयाँ मूल्य सूची अनुसार पेट्रोल प्रतिलिटर २० रुपैयाँ ४४ पैसा, डिजेल २० रुपैयाँ २१ पैसा र मट्टितेल १५ रुपैयाँ ९६ पैसा बढेर आएको छ । त्यसैगरी खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर ८१ रुपैयाँ ३२ पैसा र हवाई इन्धन प्रतिलिटर १८ रुपैयाँ ६६ पैसा वृद्धि भएको निगमले जनाएको छ ।

भारतबाट मूल्य बढेर आए पनि नेपाली बजारमा भने तत्कालका लागि उपभोक्ता मूल्य नबढ्ने भएको छ । भोटेकोशीको बाढी, नजिकिँदै गरेका चाडपर्व तथा आम उपभोक्ताको हितलाई मध्यनजर गर्दै निगम सञ्चालक समितिको बुधबार बसेको बैठकले हालकै मूल्यलाई निरन्तरता दिने निर्णय गरेको हो ।

mediabaaji add

सम्बन्धित खबर

नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट, सुन तोलाकै ८ हजार दुई सयले घट्यो

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आइतबार सुन र चाँदी दुवैको मूल्यमा ठूलो गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार साताको पहिलो कारोबार दिन नै सुनको मूल्यमा अप्रत्याशित रूपमा प्रतितोला आठ हजार दुई सय रुपैयाँको भ...