दुई हप्ताभित्र गल्छी–स्याँफ्रुबेसी सडक खुलाउने तयारी, बाढीले कोल्पुखोला पुल बाङ्गियो
काठमाडौँ । रसुवा बाढीका कारण धादिङ र नुवाकोट जोड्ने कोल्पुखोला पुलमा क्षति पुगेको छ । सडक विभागका महानिर्देशक डा। विजय जैसीकाअनुसार बाढीको फ्लोका कारण पुलको बियरिङमा अत्यधिक दबाब परेपछि पुल बाङ्गिएको हो । करिव ६ सय टन वजन क्षमता रहेको पुल उचालिएर बाङ्गिएको महानिर्देशक जैसीले जानकारी दिनुभयो ।
जैसीकाअनुसार कोल्पुखोला पुल करिब ४० मिटर लामो प्रि–स्ट्रेस्ड ब्रिज हो । बाढीको बहावले पुलको माथिल्लो भागमा रहेको बियरिङमा अत्याधिक बल लगाएपछि पुलको एकातर्फ धेरै र अर्कोतर्फ कम उचाईमा उठेको उहाँले जानकारी दिनुभयो । पुल आफ्नो बियरिङमा बस्नुपर्ने भएपनि हाल स्टपरमा आएर बसेको उहाँको भनाई छ । यसका कारण पुलले डिजाइनअनुसारको भार वहन गर्नसक्ने अवस्था नरहेको उहाँले बताउनु भयो ।
उहाँकाअनुसार पुललाई तत्काल चारैतिर ज्याक राखेर उचाली पुनः बियरिङमा सही स्थानमा राख्ने तयारी भइरहेको छ । यसका लागि गल्छी–बेत्रावती सडक आयोजनाले ठेकेदारसँग समन्वय गरेर आवश्यक प्राविधिक टोली खोजिरहेको उहाँले जानकारी दिनुभयो । पुल मर्मत नभएसम्म हालका लागि हलुका सवारीसाधन मात्र सञ्चालन गर्न दिने तयारी विभागको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
सङ्खुवासभा–ताप्लेजुङ सीमामा ४.७ म्याग्निच्युडको भूकम्प
काठमाडौँ । सङ्खुवासभा–ताप्लेजुङ सीमाक्षेत्र आसपास शसुक्रबार बिहान ३ः१८ बजे ४.७ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र एनईएमआरसी अन्तर्गतको खानी तथा भूगर्भ विभाग डीएमजीका अनुसार सङ्खुवासभाको टोप्के गोला आसपास के...
सरकारको सम्पर्कमा आए १८१६ सुकुम्बासी परिवार
काठमाडौँ । काठमाडौँ उपत्यकाका १ हजार ८१६ सुकुमबासी परिवार सरकारको सम्पर्कमा गएका छन् । काठमाडौँ उपत्यकाका बागमती र यसका सहायक नदी किनारका अवैध संरचना हटाउने सरकारी कदमपछि हालसम्म १ हजार ८१६ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा पुगेका हुन् ।
प...
सोह्र श्राद्ध आजबाट सुरु
काठमाडौँ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदै छ । आरम्भका दिन आज प्रतिपदा तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो पञ्चाङ्गमा उल्...
बागलुङमा पहिरोले घर पुरिँदा एकै परिवारका ४ जना अस्ताए
काठमाडौँ । बागलुङको निसीखोला गाउँपालिकामा पहिरोले एकै परिवारका चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार निसीखोला गाउँपालिका( ३ मा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको हो ।
घरमाथिबाट अकस्मात खसेको पहिर...
मिथिलाञ्चलसहित तराई मधेशमा आज अन्नकुट मनाइँदै
जनकपुर । मिथिलाञ्चल सहित तराई–मधेशमा आज अन्नकुट पर्व मनाइँदैछ। प्रत्येक वर्ष भाइटिकाको एक दिन पहिला मनाइने अन्नकुट पर्वका लागि जनकपुरधामका मठ मन्दिरहरू बिहानैदेखि नै तयारीमा जुटेका छन् । यस पर्वमा न्यूनतम ५६ व्यञ्जन बनाएर भगवानलाई चढाउने गरि...
राहत दिँदाको फोटो खिचेर बालबालिकाको पहिचान नखुलाउनू : नेपाल प्रहरी
काठमाडौँ । नेपाल प्रहरीले बालबालिकाको उद्धार, राहत तथा सहयोगका क्रममा खिचिएका तस्बिर, भिडियो तथा व्यक्तिगत विवरण सामाजिक सञ्जालमा सार्वजनिक नगर्न आग्रह गरेको छ। सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा बालबालिकाको पहिचान खुल्ने सामग्री सार्वजनिक भइरहेको...



