सुनसरी गोलीकाण्डको नैतिक तथा राजनीतिक जिम्मेवारी गृहमन्त्री गुरुङले लिनुपर्छ : रवि किरण हमाल
काठमाण्डौँ । जेनजी आन्दोलनका नेता रवि किरण हमालले सुनसरीमा भएको गोलीकाण्डको पूर्ण नैतिक तथा राजनीतिक जिम्मेवारी गृहमन्त्री गुरुङले स्वीकार गर्दै तत्काल पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । पवित्र श्रावण सोमबारका अवसरमा स्नानका लागि गइरहेका युवा ओमप्रकाश मेहताको मृत्यु भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै हमालले दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन्। साथै, घाइते सबैको शीघ्र तथा पूर्ण स्वास्थ्यलाभको कामना गरेका छन् ।
हमालले नागरिकमाथि घातक बल प्रयोग हुनु लोकतान्त्रिक राज्यका लागि अत्यन्त गम्भीर र चिन्ताजनक विषय भएको उल्लेख गर्दै घटनाको तत्काल निष्पक्ष, स्वतन्त्र र विश्वसनीय छानबिन गर्न माग गरेका छन्। उनका अनुसार भीड व्यवस्थापनका क्रममा सुरक्षाकर्मीले संयम, संवाद, कानुनी मापदण्ड तथा गैरघातक उपकरणहरूको प्रयोगलाई प्राथमिकता दिनुपर्ने हो। तर नागरिकमाथि प्रत्यक्ष गोली प्रहार गर्नु कुनै पनि सभ्य लोकतन्त्रमा स्वीकार्य अभ्यास हुन सक्दैन।
उनले जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीमाथि भएको घातक बल प्रयोग र त्यसबाट भएको मानवीय क्षतिले तत्कालीन गृहमन्त्रीमाथि नैतिक तथा राजनीतिक जिम्मेवारीको प्रश्न उठेको स्मरण गराउँदै, राज्यले नागरिकप्रति अपनाउने दृष्टिकोण अझै परिवर्तन हुन नसकेको देखिएको बताएका छन्। शान्ति स्थापना गर्ने नाममा गोलीलाई पहिलो विकल्प बनाउने पुरानो र क्रूर प्रवृत्ति लोकतान्त्रिक मूल्य, मानवअधिकार तथा विधिको शासनविपरीत रहेको उनको भनाइ छ।
हमालले नागरिकलाई अन्धाधुन्ध गोली हानेर हत्या गर्ने प्रवृत्तिबाट न त शान्ति स्थापना हुन्छ, न त राज्यप्रति जनविश्वास बढ्छ भन्दै यस्तो कार्यको कडा शब्दमा निन्दा गरेका छन्। उनले सुरक्षा निकायको जिम्मेवारी नागरिकको जीवन रक्षा गर्नु भएको उल्लेख गर्दै राज्यले बल प्रयोगलाई अन्तिम विकल्पका रूपमा मात्र प्रयोग गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।
उनले यस घटनाको नैतिक तथा राजनीतिक जिम्मेवारी गृहमन्त्री गुरुङले लिनुपर्ने, पदबाट राजीनामा दिनुपर्ने तथा घटनामा संलग्न जोसुकै भए पनि कानुनी दायरामा ल्याई पीडित परिवारलाई न्याय दिलाउन सरकारसँग माग गरेका छन्। साथै, भविष्यमा यस्ता दुःखद घटना दोहोरिन नदिन सुरक्षा संयन्त्रको कार्यशैली, भीड व्यवस्थापन प्रणाली तथा जवाफदेहितामा व्यापक सुधार आवश्यक रहेको उनले बताएका छन्।
एक्सप्रेस
सम्बन्धित खबर
२० वटा ऐन संशोधनको तयारी, कानुन मन्त्रालयद्वारा सर्वसाधारणसँग राय र सुझावको आह्वान
काठमाडौ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा विधायन ऐन, २०८१’ मा सर्वसाधारणसमक्ष राय, सुझाव माग गरेको छ .
मन्त्रालयले देशमा प्रचलित विभिन्न २० वटा महत्त्वपूर्ण ऐनहरूको संशोधन प्रस्...
दलका नेतालाई विश्वासमा लिएर अघि बढ्न सरकारलाई माधव नेपालको सुझाव
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राजनीतिक दल र नेताहरुलाई विश्वासमा लिएर अघि बढ्न सरकारलाई सुझाव दिएका छन्। मंगलबार काठमाडौंमा आयोजित देउसी भैलो कार्यक्रममा सहभागी भएका अध्यक्ष नेपालले सञ्च...
रास्वपाले चयन गर्यो मुख्य सचेतक र सचेतक
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले प्रतिनिधिसभाका लागि मुख्य सचेतक र सचेतक चयन गरेको छ । बिहीबार बसेको संसदीय दलको बैठकले मुख्य सचेतकमा कबिन्द्र बुर्लाकोटीलाई चयन गर्ने निर्णय गरेको हो ।
यस्तै, सचेतकमा प्रकाशचन्द्र परियार र क्रा...
हेटौँडा अस्पतालमा मुख्यमन्त्री बानियाँको छड्के अनुगमन, डिउटीमा डाक्टर अनुपस्थित
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत सञ्चालित हेटौँडा अस्पतालमा बुधबार साँझ छड्के अनुगमन गरेका छन् । अस्पतालमा लापरबाही तथा डिउटी समयमा डाक्टर...
छानबिन आयोगमा बयान दिने कि नदिने दोधारमा लेखक, सभापति देउवासँग परामर्श गर्दै
काठमाडौँ । तत्कालीन गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता रमेश लेखक भदौ २३ र २४ गतेको घटना छानबिनका लागि गठित जाँचबुझ आयोगमा बयान दिने कि नदिने भन्नेबारे द्विविधामा परेका छन् । जाँचबुझ आयोगले लेखकलाई बयानका लागि पत्र पठाएको छ । त्यसबारे उनले विभि...
केपी ओली रिहा
काठमाडौँ । पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा गरेको छ । उनलाई अस्पतालमै परिवारको जिम्मा लगाइएको हो । जेनजी आन्दोलनमा दमन गरेको आरोपमा प्रहरीले उनलाई चैत १४ गते गुण्डु निवासबाट पक्राउ गरेको थियो । जटिल स्...



