सुनसरी गोलीकाण्डको नैतिक तथा राजनीतिक जिम्मेवारी गृहमन्त्री गुरुङले लिनुपर्छ : रवि किरण हमाल
काठमाण्डौँ । जेनजी आन्दोलनका नेता रवि किरण हमालले सुनसरीमा भएको गोलीकाण्डको पूर्ण नैतिक तथा राजनीतिक जिम्मेवारी गृहमन्त्री गुरुङले स्वीकार गर्दै तत्काल पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । पवित्र श्रावण सोमबारका अवसरमा स्नानका लागि गइरहेका युवा ओमप्रकाश मेहताको मृत्यु भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै हमालले दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन्। साथै, घाइते सबैको शीघ्र तथा पूर्ण स्वास्थ्यलाभको कामना गरेका छन् ।
हमालले नागरिकमाथि घातक बल प्रयोग हुनु लोकतान्त्रिक राज्यका लागि अत्यन्त गम्भीर र चिन्ताजनक विषय भएको उल्लेख गर्दै घटनाको तत्काल निष्पक्ष, स्वतन्त्र र विश्वसनीय छानबिन गर्न माग गरेका छन्। उनका अनुसार भीड व्यवस्थापनका क्रममा सुरक्षाकर्मीले संयम, संवाद, कानुनी मापदण्ड तथा गैरघातक उपकरणहरूको प्रयोगलाई प्राथमिकता दिनुपर्ने हो। तर नागरिकमाथि प्रत्यक्ष गोली प्रहार गर्नु कुनै पनि सभ्य लोकतन्त्रमा स्वीकार्य अभ्यास हुन सक्दैन।
उनले जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीमाथि भएको घातक बल प्रयोग र त्यसबाट भएको मानवीय क्षतिले तत्कालीन गृहमन्त्रीमाथि नैतिक तथा राजनीतिक जिम्मेवारीको प्रश्न उठेको स्मरण गराउँदै, राज्यले नागरिकप्रति अपनाउने दृष्टिकोण अझै परिवर्तन हुन नसकेको देखिएको बताएका छन्। शान्ति स्थापना गर्ने नाममा गोलीलाई पहिलो विकल्प बनाउने पुरानो र क्रूर प्रवृत्ति लोकतान्त्रिक मूल्य, मानवअधिकार तथा विधिको शासनविपरीत रहेको उनको भनाइ छ।
हमालले नागरिकलाई अन्धाधुन्ध गोली हानेर हत्या गर्ने प्रवृत्तिबाट न त शान्ति स्थापना हुन्छ, न त राज्यप्रति जनविश्वास बढ्छ भन्दै यस्तो कार्यको कडा शब्दमा निन्दा गरेका छन्। उनले सुरक्षा निकायको जिम्मेवारी नागरिकको जीवन रक्षा गर्नु भएको उल्लेख गर्दै राज्यले बल प्रयोगलाई अन्तिम विकल्पका रूपमा मात्र प्रयोग गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।
उनले यस घटनाको नैतिक तथा राजनीतिक जिम्मेवारी गृहमन्त्री गुरुङले लिनुपर्ने, पदबाट राजीनामा दिनुपर्ने तथा घटनामा संलग्न जोसुकै भए पनि कानुनी दायरामा ल्याई पीडित परिवारलाई न्याय दिलाउन सरकारसँग माग गरेका छन्। साथै, भविष्यमा यस्ता दुःखद घटना दोहोरिन नदिन सुरक्षा संयन्त्रको कार्यशैली, भीड व्यवस्थापन प्रणाली तथा जवाफदेहितामा व्यापक सुधार आवश्यक रहेको उनले बताएका छन्।
एक्सप्रेस
सम्बन्धित खबर
पुष्पलाल स्मृति दिवस मनाइँदै
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका संस्थापक महासचिव पुष्पलालको ४८औँ स्मृति दिवस आज विविध कार्यक्रम गरी मनाइँदै छ । नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टीलगायतका कम्युनिस्ट पार्टीले विविध कार्यक्रम गरी दिवस मनाउन लागेका छन् । विसं १९८१ असार...
सडकमा किताब बेचेर संसदको छुट्टी मनाउँदै महावीर
काठमाडौँ । जेठ १५ गते आर्थिक बर्ष २०८३र०८४ को बजेट प्रस्तुतका क्रममा संघीय संसद भवनभित्र देखिएका स्वतन्त्र सांसद महावीर पुनस् शनिबार अपरान्ह काठमाडौंको जोरपाटी चोकमा भेटिए । प्रतिनिधि सभा बैठक स्थगित भएका बेला संसद छुट्टीको सदुपयोग गर्दै महावीर आफ...
निर्वाचन आचारसंहिता–निर्वाचनमा बालबालिका प्रयोग गर्न पाइँदैन
काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तय भएको आचारसंहितामा सरकारी तथा अर्धसरकारी निकायले कुनै पनि दलको पक्ष विपक्षमा कुनै पनि गतिविधि गर्न नपाइने गरी आचारसंहिता तय गरिएको छ ।
निर्वाचन आयोगले तय गरेको...
बिराटनगरमा महेश बस्नेतमाथि आक्रमणको प्रयास
विराटनगर । एमाले पोलिट्व्यूरो सदस्य महेश बस्नेतमाथि विराटनगर विमानस्थलमा आक्रमणको प्रयास भएको छ । आज इटहरीमा आयोजित युवा संघ कोशी प्रदेशस्तरिय जनजागरण अभियानमा सहभागी हुन श्री एयरको उडानमार्फत विमानस्थल आइपुगेका बेला द...
उज्यालो नेपाल पार्टीको महासचिवमा दिवाकर अर्याल नियुक्त
काठमाडौँ । उज्यालो नेपाल पार्टीले ‘नेसनल युथ पार्लियामेन्ट’ र ‘ग्लोबल युथ पार्लियामेन्ट’का संस्थापक अध्यक्ष दिवाकर अर्याललाई पार्टीको महासचिवमा नियुक्त गरेको छ । पार्टीका अध्यक्ष कुलमान घिसिङको अध्यक्षतामा भदौ २८ गते आइतबार बसेको सचिवालयको पूर्ण ब...
झापामा रास्वपाको सम्पर्क कार्यालय तोडफोड
काठमाडौँ । झापा ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको सम्पर्क कार्यालयमा तोडफोड भएको छ । यहाँबाट पार्टीका बरिष्ठ नेता बालेन्द्र शाह उम्मेदवार छन् । पार्टीले उनलाई भावी प्रधानमन्त्रीको रूपमा अघि सारेको छ । जिल्लाको कमल गाउँपालिका २ स्थित पार्टी...



