ओपिडी सेवा नखुम्च्याउन सरकारलाई महामन्त्री प्रदिप पौडेलको आग्रह
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदिप पौडेलले केही समययता सार्वजनिक बिदाको समयमा सरकारी अस्पतालमा ओपिडी सेवा नपाउँदा बिरामीको बिजोग भएको प्रति सरकारको ध्यानाकर्षण गराएका छन् । महामन्त्री पौडेलले सरकारीमा रोकिएको ओपिडी सेवाले सर्वसुलभ र सहज हुनुपर्ने स्वास्थ्य सेवाको पहुँच खुम्च्याएको र बिरामीलाई आर्थिक बोझ थपिदिएको बताए ।
विगतमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आफू रहँदा अतिरिक्त समय काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई प्रोत्साहन दिएर सार्वजनिक बिदाका दिनमा समेत निरन्तर सेवा उपलब्ध गराउने प्रक्रिया अघि बढाएको बताए ।
एक्सप्रेस
सम्बन्धित खबर
दीर्घरोगीले फ्लूबाट बच्न बढी सावधानी अपनाउनु पर्छ : डा घिमिरे
काठमाडौँ । जाडो बढेसँगै इन्फ्लुएन्जा फ्लूको जोखिम बढेको छ । फ्लू इन्फ्लुएन्जा भाइरसले गर्दा लाग्ने सङ्क्रामक रोग हो । जाडो महिनामा यो भाइरस धेरै सक्रिय हुने भएकाले सबै उमेरका व्यक्तिहरूलाई फ्लू लाग्न सक्ने हुन्छ । जनरल...
बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि, सतर्क रहन आग्रह
कञ्चनपुर । कैलाली र कञ्चनपुरका विभिन्न स्थानमा पालिएका बङ्गुरमा ‘अफ्रिकन स्वाइन फिभर’ को सङ्क्रमण पुष्टि भएको छ । केही समयदेखि व्यावसायिक रूपमा पालिएका बङ्गुरमा उच्च ज्वरो आउने, शरीरका विभिन्न भागमा नीलो र रातो धब्बा देखिने तथा अप्रत्याशित रूपमा ब...
मौसम धुम्म हुञ्जेल प्रदूषण बढ्ने, सचेत रहन आग्रह
काठमाडौँ । काठमाडौं उपत्यकामा वायु प्रदूषण ह्वात्तै बढेको छ। पछिल्ला केही दिनयता मौसम धुम्मिँदै जाँदा वायु प्रदूषण पनि बढ्न थालको हो । वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले लामो समयसम्म वर्षा नहुनु र हावा नचल्नुका कारण मौसम धुम्मिदा प्रदूष...
आज विश्व प्राथमिक उपचार दिवस
काठमाण्डौँ । विश्व प्राथमिक उपचार दिवस आज ‘बसाइँसराइको सन्दर्भमा प्राथमिक उपचार’ भन्ने नाराका साथ मनाइँदैछ । विश्वभर विभिन्न कारणले आन्तरिक तथा बाह्य बसाइँसराइ बढ्दै गइरहेका छ । नेपालमा पनि विपद्, बाढीपहिरो तथा अन्य आकस्मिक घटना तथा अवसरहरूको खोजी...



