बुधबार, २८ असोज २०८३
नेपाली

जेनजी आन्दोलन प्रतिवेदन: २३ गतेको गोलीकाण्डमा सुरक्षा संयन्त्र कठघरामा, २४ गतेको घटनामा आयोग मौनजस्तै

Main News Image

काठमाडौँ । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनको छानबिन गर्न बनेको गौरि बहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन मुख्यतः भदौ २३ मा नयाँबानेश्वर क्षेत्रमा भएको झडप र गोलीकाण्डतिरै केन्द्रित देखिएको छ। आइतबार प्रधानमन्त्री सुशिला कार्कीलाई बुझाइएको प्रतिवेदनमा सो दिनको सुरक्षा रणनीति, प्रहरी परिचालन र गोली चल्ने अवस्थासम्मका घटनाक्रम विस्तारमा उल्लेख गरिएको स्रोतले जनाएको छ।

प्रतिवेदनमा प्रदर्शन नियन्त्रणका क्रममा सुरक्षा संयन्त्रले सामान्य सावधानीसमेत नअपनाएको निष्कर्ष निकालिएको बताइएको छ। प्रदर्शनकारी संसद् परिसर पुगेर तोडफोड गर्न थालेपछि भिड नियन्त्रणका अन्य उपाय खोज्नुको सट्टा सिधै गोली प्रहार भएको भन्दै त्यसलाई गम्भीर सुरक्षा चुकका रूपमा औंल्याइएको छ। यस क्रममा तत्कालीन प्रधानमन्त्री केपि ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक लगायत केन्द्रीय तथा जिल्ला सुरक्षा संरचनामा रहेका पदाधिकारीहरूको भूमिकामाथि प्रश्न उठाइएको छ, यद्यपि राजनीतिक जिम्मेवारीबारे प्रतिवेदनमा स्पष्ट प्रमाणभन्दा व्याख्यात्मक टिप्पणी बढी रहेको बताइएको छ ।

उता भदौ २४ मा राजधानीका विभिन्न स्थानमा भएका आगजनी, तोडफोड, लुटपाट तथा जेलब्रेकजस्ता घटनाबारे भने प्रतिवेदन अपेक्षाकृत अस्पष्ट रहेको स्रोतको दाबी छ। ती घटनामा के कारणले अवस्था भड्कियो, योजनाबद्ध थियो कि आकस्मिक भन्ने विषयमा आयोगले ठोस निष्कर्ष निकाल्न सकेको छैन र केही विषयमा थप अनुसन्धान आवश्यक रहेको संकेत मात्रै गरेको बताइएको छ।

mediabaaji add

सम्बन्धित खबर

रास्वपाका २ जना सांसदले तोडे रवि लामिछानेको रेकर्ड

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन २ मा भएको उपनिर्वाचनमा बनाएको रेकर्ड रास्वपाकै २ नवनिर्वाचित सांसदले यसपटकको प्रतिनिछि सभा निर्वाचनमा तोडेका छन् । लामिछानेले उपनिर्वाचनमा सबैभन्दा धेरै अन्तरले जितेर नयाँ रेकर्ड...

आम निर्वाचनभन्दा पहिले महाधिवेशन सम्पन्न गर्न डा. शेखरको प्रस्ताव

काठमाडौँ  । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले २०८२ पुस मसान्तसम्ममा १५ औं महाधिवेशन गरेर निर्वाचनको तयारीमा लाग्नुपर्ने प्रस्ताव गरेका छन् । शुक्रबार काठमाडौमा उपलब्ध जिल्ला सभापति तथा पूर्व सभापतिहरुसँगको...

कमला नगरपालिकाका तत्कालीन मेयरसहित दश जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोइतसहित दश जनाविरुद्ध २९ लाख ४४ हजार १३७ रुपियाँ भ्रष्टाचार मुद्दा दायर...

केन्द्रीय सुरक्षा समितिको बैठक आज बस्दै

काठमाडौँ । केन्द्रीय सुरक्षा समितिको बैठक आज आइतबार बस्दै छ । बैठक आइतबार दिउँसो तीन बजे गृह मन्त्रालयमा बस्न लागेको हो। गृह मन्त्री ओम प्रकाश अर्यालले शान्ति सुरक्षाको व्यवस्थाबारे छलफल गर्न बैठक बोलाएका हुन् ।

<...

समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने

काठमाडौँ । निर्वाचन आयोगले यही चैत ५ गते समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका उम्मेदवारलाई प्रमाणपत्र वितरण गर्ने भएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फका निर्वाचन अधिकृत कृष्णबहादुर राउतका अनुसार यही चैत ५ गते बिहान ११ः३० बजे आयोग परिस...

निर्वाचनका लागि सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा मतपत्रसहित र निर्वाचन सामग्री ढुवानी सम्पन्न

काठमाडौँ । निर्वाचन आयोगले देशभरका सबै निर्वाचन क्षेत्रमा मतपत्र सहित अन्य निर्वाचन सामग्री ढुवानी गर्ने कामलाई तीव्र पारेको छ । हालसम्म सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा आयोगले मतपत्र ढुवानी गरिसकेको छ । 

अन्य प्रदेशमा पनि नियमित रू...