बुधबार, ११ कात्तिक २०८३
नेपाली

गिरीको गजल ऋण लागेपछि !

Main News Image

बाँच्ने भन्दा नि मर्ने , बनाउँछ ऋण लागेपछि

गह भरि आँसु भर्ने, बनाउँछ ऋण लागेपछि


जन्म घर , माया मोह र बुढी आमा छोडेर 

रुदैँ खाडीमा झर्ने , बनाउँछ ऋण लागेपछि


घरबारी सुम्पिएको त्यो ज्याद्रो तमसुक सम्झेर

निल्नु ,ओकेल्नु पर्ने ,बनाउँछ ऋण लागेपछि 


दिनभरिका ती तनाव मेट्न अब म कता जाँउ

सधैं भट्टि बास गर्ने , बनाउँछ ऋण लागेपछि


पैसा छउन्जेल पछि लाग्ने ती मेरा यारहरूलाई

सम्झिदै आँखा तर्ने ,बनाउँछ ऋण लागेपछि


आस्था बोकेर,पुष्प चढाउने त्यो कपट पत्थरमा

दाह्रा किन धर्ने ,बनाउँछ ऋण लागेपछि


शिव गिरी नागार्जुन, काठमाडौँ 

हाल गोञ्जाओ ,चिन

mediabaaji add

सम्बन्धित खबर

डाक्टर,इन्जिनियर र प्रहरीलाई चिनेझैँ लेखकलाई पनि चिन्नु अनिवार्य छ :-कुलपति राई

© प्राज्ञ चेतनाथ धमला

मिडियाबाजी डटकम काठमाडौँ ,मंसिर २४। सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका बुङस्थित सगरमाथा माध्यमिक विद्याल...

भानुभक्तको योगदानलाई आत्मसात् गर्दै नेपाली भाषा-साहित्यको समृद्धिमा लागौँ : सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले आदिकवि भानुभक्त आचार्यको योगदानलाई केवल स्मरण मात्र नगरी उनले देखाएको मार्गलाई आत्मसात् गर्दै नेपाली भाषा र साहित्यको विकासमा लाग्नुपर्ने बताएका छन् । सोमबार काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा(प्रतिष्ठानमा आय...

अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई

काठमाण्डौँ । सङ्गीतकार, गायक तथा गीतकार अम्बर गुरुङको स्मृतिमा स्थापना गरिएको ‘अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार’ यस वर्ष मूर्धन्य सङ्गीतकार, गायक तथा गीतकार शम्भुजीत बास्कोटालाई प्रदान गरिएको छ । दार्जिलिङको मिरिकस्थितलभ एन्ड सपोर्ट फाउन्डेसन तथ...