शुक्रबार, १९ असार २०८३
नेपाली

सुन तोलामा एकैदिन ७,२०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो !

Main News Image

काठमाडौँ । स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा अत्यधिक वृद्धि भएको छ । बिहीबारको तुलनामा आज शुक्रवार सुनको मूल्य प्रतितोलामा एकैचोटि सात हजार दुई सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य पनि प्रतितोलामा एक सय ६५ रुपैयाँले वृद्धि भएको छ। अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्य आकाशिएसँगै त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा पनि परेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको नवीनतम तथ्यांक अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९० हजार सात सय रुपैयाँ निर्धारण गरिएको छ ।

त्यस्तै, प्रतितोला सेतो धातु अर्थात् चाँदीको मूल्य चार हजार छ सय १५ रुपैयाँ कायम भएको छ । यसअघि हिजो बिहीबार बजारमा छापावाल सुन प्रतितोला दुई लाख ८३ हजार पाँच सय रुपैयाँ र चाँदी प्रतितोला चार हजार चार सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

विश्व बजारमा देखिएको आर्थिक तथा राजनीतिक उतारचढावका कारण अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाए अनुसार आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔँस चार हजार एक सय ७९ अमेरिकी डलर पुगेको छ ।


mediabaaji add

सम्बन्धित खबर

तीन महिनामा बागमतीको बजेट खर्च ६ प्रतिशत

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२र८३ को पहिलो तीन महिनामा बागमती प्रदेश सरकारले कुल बजेटको करिब छ दशमलव १९ प्रतिशतमात्र खर्च गरेको छ । प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी सुरज पौडेलका अनुसार...

केराको मूल्यमा ‘बिचौलिया खेल’, न्यूनतम समर्थन मूल्य तोक्न किसानको माग

काठमाडौँ । नेपाल केरा उत्पादक महासंघ ले केराको न्यूनतम समर्थन मूल्य तोक्न सरकारसँग माग गरेको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत् महासंघले किसानलाई उचित मूल्य सुनिश्चित गर्न यस्तो व्यवस्था आवश्यक रहेको जनाएको हो । महासंघका अनुसार बजारमा अहिले...

अरुण नदीको सतिघाटमा पाँच महिनापछि फेरी पुनःसञ्चालन

भोजपुर । उत्तरीबाट भोजपुर र सङ्खुवासभालाई जोड्ने सतिघाटस्थित अरुण नदीको फेरी सेवा छ महिनापछि पुनः सञ्चालनमा आएको छ । वर्षात्का कारण गत जेठदेखि बन्द रहेको फेरी सोमबारदेखि पुनःसञ्चालनमा ल्याइएको हो । अरुण नदीमा पक्की पुल नहुँदा यहाँका बासिन्दा फेरीक...

शेयर बजार दोहोरो अंकले बढ्यो, विकास बैंक र हाइड्रोपावर इन्डेक्समा हरियाली

काठमाडौँ । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार दोहोरो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक १३.५१ अंकले बढेर २८१२.३४ को बिन्दुमा कायम भएको छ । शेयर बजारमा आज विभिन्न सेक्टरका ३४० वटा कम्पनीहरुको तीन करोड ४८ लाख ५२ हजार कित्ता शेयर...

विजय लघुवित्तको एफपीओ बाँडफाँट

काठमाडौँ । विजय लघुवित्त वित्तीय संस्थाको एफपीओ आज पुस ६ गते बाँडफाँट गरिएको छ । धितोपत्र बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा आज बिहान विजय लघुवित्तको एफपीओ बाँडफाँट गरिएको हो ।

साविकको नयाँ सारथी लघुवित्त वित्तीय संस्था र विजय लघु...

राताम्यमा समेत यी १० कम्पनीको शेयर मूल्यमा उच्च सुधार

काठमाडौँ । शेयर बजार लगातार चौथो दिन समेत ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से ३४.६३ अकंले घटेर २७०४.०८ बिन्दुमा कायम भएको हो । कारोबार रकम समेत निरन्तर ओरालो लागि रहेको छ । आज ३४१ कम्पनीको १ करोड ७४ लाख ५२४ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब...