दशैंपछि खुलेको बजारमा सुनको मूल्य तोलामा ११,७०० रुपैयाँले घट्यो
काठमाडौँ । दशैंको लामो बिदापछि आइतबार खुलेको नेपाली बजारमा सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ। अघिल्लो कारोबार दिनको तुलनामा आइतबार छापावाल सुनको मूल्य तोलामा ११ हजार ७०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
मूल्यमा भारी गिरावट आएपछि आइतबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७८ हजार ५०० रुपैयाँमा झरेको छ। यसअघि कात्तिक २ गते छापावाल सुनको मूल्य हालसम्मकै उच्च विन्दु प्रतितोला २ लाख ९० हजार २०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।
यस्तै, आइतबार चाँदीको मूल्य पनि २३० रुपैयाँले घटेर प्रतितोला ३ हजार ९५५ रुपैयाँमा झरेको छ। अघिल्लो कारोबार दिन कात्तकि २ गते चाँदीको मूल्य ४ हजार १८५ रुपैयाँ थियो।
एक्सप्रेस
सम्बन्धित खबर
आइतबार विदेशी मुद्राको विनिमयदर कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ । यस्तै, युरो...
नारायणगढ–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै
नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्डको जङ्गलमा थप दुईवटा ‘ओभरहेड क्यानोपी ब्रिज’ बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने भएको छ । एसियाली राजमार्ग मापदण्डअनुसार चार लेनमा विस्तार भएको यस खण्डको कावासोती र लाकाहा...
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ७४ पैसा र बिक्रीदर १४४ रुपैयाँ ३४ पैसा तोकिएको छ ।
होटल पार्क ल्याण्डले आईपीओ निष्कासनका लागि धितोपत्र बोर्डमा दियो आवेदन
काठमाडौँ । होटल पार्क ल्याण्ड लिमिटेडले आईपीओ निष्कासन अनुमतिका लागि धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा कुल १५ लाख कित्ता सेयर निष्कासन गर्न बोर्डसँग अनुमति मागेको छ ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक...
सोलु हाइड्रोपावरको आइपीओ आजदेखि निष्कासनमा
काठमाडौँ । सोलु हाइड्रोपावर लिमिटेडले आजदेखि मंसिर ७ गते आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका लागि प्रारम्भिक सार्वजनिक निष्कासन आईपीओ निष्कासन गरेको छ । कम्पनीले जारी...
नेपाल टेलिकम बिलिङ भ्रष्टाचार मुद्दा : प्रबन्ध निर्देशक पौडेलसहित सबैले पाए सफाइ
काठमाडौँ । नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियामा अनियमितता भएको भनी दायर गरिएको भ्रष्टाचार मुद्दामा विशेष अदालतले सबै प्रतिवादीहरूलाई सफाइ दिएको छ । विशेष अदालतका न्यायाधीशहरूको इजलासले सुनुवाइ गर्दै नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्द...



